पुँजी बढाउन २० वाणिज्य बैंक मर्जरमा जाने

Feb Tue 2020 05:40:27

546 views

पुँजी बढाउन २० वाणिज्य बैंक मर्जरमा जाने
final_capital_planकाठमाडौं । २० वटा वाणिज्य बैंक मर्जरमा जाने भएका छन् । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन मर्जरमा जाने भएका हुन् । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै पुँजी बृद्धिको योजना पेश गर्दै २० वाणिज्य बैंकले मर्जरमा जाने ९ वाणिज्य बैंकले मर्जरमा नगई पुँजी पुर्‍याउने योजना पेस गरेका छन् । मर्जर, बोनस सेयर र हकप्रद सेयरमार्फत राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउने बैंक तथा वित्तीय संस्थाहरुले पेस गरेको पुँजी वृद्धिको योजनामा उल्लेख छ । संस्थाहरुले पेस गरेको योजनामाथि राष्ट्र बैंकले अध्ययन गर्ने र सोही अनुसारको थप निर्देशन दिने राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । ‘अव्यवहारिक योजना पेस गर्ने संस्थालाई राष्ट्र बैंकले थप दबाब दिने छ’ स्रोतले भन्यो । पूँजी बृद्धिको योजना बुझाउनु पर्ने अन्तिम दिनमात्रै ६ बाणिज्य बैंकले बुझाएका थिए । ९ बैंकले मर्ज तथा एक्वाएरको प्रस्ताव नगरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, बैंक अफ एशिया, नविल, इन्भेष्टमेन्ट बैंक, ग्लोवल आईएमइल र प्रभु बैंकले बोनस सेयर जारी गर्ने योजना पेस गरेका छन । बोन सेयरबाट नपुगेको पुँजी हकप्रद सेयरबाट पुर्‍याउने उनीहरुको योजना छ । एभरेष्ट बैंकले पुँजी वृद्धिको मुख्य आधार बोनस सेयर, एक्वाएर तथा मर्ज र हकप्रद सेयर जारी पुँजी बढाउने उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकले पुँजी प्रयाप्त छ भने कृषि विकास बैंकले पि्रफेरेन्स सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने जनाएको छ । नेपाल बैंकले भने हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना पेश गरेको छ । प्रभु बैंकले ग्राण्ड बैंक एक्वाएर गर्ने प्रक्रियामा रहेको उल्लेख गरेको छ । ग्राण्ड बैंकले भने पुँजी वृद्धिको कुनैपनि योजना पेश गरेको छैन । राष्ट्र बैंकले गत साउन ७ गते सार्वजानिक गरेको मौदि्रक नीतिमार्फत ०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुको चुक्ता पूजी २ अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीको चुक्ता पूजी ८० करोड रुपैयाँ हुनै पर्ने घोषणा गरेको थियो ।
बैंक चुक्ता पुँजी अठ अर्ब पुर्याउन थप्नु पर्ने पुँजी
नेपाल बैंक ६ अर्व ४६ करोड १ अर्ब ५४ करोड
राष्ट्रिय वाणिज्य बैंक ८ अर्ब ५८ करोड थप्नु नपर्ने
कृषि वकास बैंक ९ अर्ब ६३ करोड थप्नु नपर्ने
नबिल बैंक ३ अर्ब ६५ ४ अर्ब ३५ करोड
इन्भेष्टमेन्ट बैंक ४ अर्ब ७७ करोड ३ अर्ब २३ करोड
स्टान्डर्ड चाटर्ड बैंक २ अर्ब २४ करोड ५ अर्ब ७६ करोड
हिमालयन बैंक ३ अर्ब ३३ करोड ४ अर्ब ६७ करोड
नेपाल एसबिअाइ बैंक ३ अर्ब ५ करोड ४ अर्ब ९५ करोड
नेपाल बंगलादेश बैंक २ अर्ब ४३ करोड ५ अर्ब ५७ करोड
एभरेष्ट बैंक २ अर्ब १३ करोड ५ अर्ब ८७ करोड
बैंक अफ काठमाण्डू २ अर्ब १२ करोड ५ अर्ब ८८ करोड
एनसीसी बैंक २ अर्ब १ करोड ५ अर्ब ९९ करोड
कुमारी बैंक २ अर्ब ४३ करोड ५ अर्ब ५७ करोड
लक्ष्मी बैंक २ अर्ब ३३ करोड ५ अर्ब ६७ करोड
सिद्वार्थ बैंक २ अर्ब ३ करोड ५ अर्ब ९८ करोड
सिटिजन्स बैंक २ अर्ब ५५ करोड ५ अर्ब ४५ करोड
प्राइम बैंक ३ अर्ब १४ करोड ४ अर्ब ८६ करोड
सनराइज बैंक २ अर्ब २३ करोड ५ अर्ब ७७ करोड
ग्राण्ड बैंक २ अर्ब ६ अर्ब
एनएमबी बैंक २ अर्ब ४० करोड ५ अर्ब ६० करोड
जनता बैंक २ अर्ब ६ करोड ५ अर्ब ९४ करोड
मेगा बैंक २ अर्ब ६० करोड ५ अर्ब ४० करोड
सेञ्चुरी बैंक २ अर्ब १२ करोड ५ अर्ब ८८ करोड
सानिमा बैंक २ अर्ब ५५ करोड ५ अर्ब ४५ करोड
माछापुछ्रे बैंक २ अर्ब ७७ करोड ५ अर्ब १३ करोड
एनअइसी एसिया बर्ंक २ अर्ब ६ अर्ब
ग्लोबल अइएमर्इ बैंक ५ अर्ब १ करोड २ अर्ब ९९ करोड
सिभिल बैंक २ अर्ब ८८ करोड ५ अर्ब १२ करोड
लुम्बिनी बैंक २ अर्ब ६५ करोड ५ अर्ब ३५ करोड
प्रभू बैंक ३अर्ब २० करोड ४ अर्ब ८० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?