टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

Feb Tue 2020 05:40:10

518 views

टेलिकमले प्रिपेड सिम निःशुल्क बाँड्दै

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ। सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?