टेलिकमको फाइभजी सेवा एक वर्ष निशुल्क, 5G चलाउन नयाँ मोबाइल चाहिने

Apr Tue 2021 11:40:23

634 views

टेलिकमको  फाइभजी सेवा  एक वर्ष निशुल्क,   5G चलाउन नयाँ मोबाइल चाहिने

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो ।  

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी परिक्षण गर्न आवश्यक परेकाले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी परिक्षणका लागि दिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।  

‘फाइभजी फोरजीको अपग्रेड भर्सन भने हैन । तर, नेपाल टेलिकमको फोरजी सेवाको सम्झौता हुँदा नै फाइभजी सेवा विस्तार सम्बन्धी सम्झौता भएकाले फोर जी सेवा विस्तारसँग जोडिएको योजना रहेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उच्च गतिको इन्टरनेट सुविधासहित यो प्रविधिको लागि उपयुक्त फ्रक्वेन्सी र उपकरणहरु आवश्कय पर्ने गर्छ । सरकारले ‘डिजिटल नेपाल’को अवधारणाअनुरुप काम गरिरहेकाले त्यसलाई साकार गर्न फाइभजी प्रविधि बरदान सावित हुन सक्ने बताइएको छ । तर, उक्त 5G प्रविधि चलाउनका लागि बजारमा उपलब्ध रहेका मोबाइल सेटहरु नै नभएको र त्यो समेतको आयातको तयारी गर्न पर्ने टेलिकमका प्रवक्ता जोशी बताउँछन् । 

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?