माइक्रोसफ्ट विन्डोजको नयाँ भर्सनमा विन्डोजको डिजाइनमा परिवर्तन हुने

Jun Sat 2021 01:19:35

363 views

माइक्रोसफ्ट विन्डोजको नयाँ भर्सनमा विन्डोजको डिजाइनमा परिवर्तन हुने

माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ । नयाँ संस्करणमा विन्डोजको डिजाइनमा परिवर्तन हुनेछ । त्यस्तै विन्डोज एपमार्फत् सर्जक तथा एप डेभलपर्सलाई सिर्जनाको मौका प्रदान गरिने तथा प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित गर्न सहज हुने माइक्रोसफ्टले जनाएको छ ।

विन्डोजको नयाँ संस्करण सुरुमा विन्डोज इनसाइडरका लागि परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ र आम प्रयोगकर्ताका लागि वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?