नेप्से कारोबारले इतिहास ब्रेक गरेर बनायो पहिलो नयाँ रेकर्ड, १९ अर्ब ५५ करोडभन्दा बढी रुपैयाँको शेयर कारोबार

Jun Sun 2021 11:26:21

285 views

नेप्से कारोबारले इतिहास ब्रेक गरेर बनायो पहिलो नयाँ रेकर्ड, १९ अर्ब ५५ करोडभन्दा बढी रुपैयाँको शेयर कारोबार

आइतबार (२०७८ साल३० जेठ ) नेप्से परिसूचक र कारोबार रकमले नयाँ रेकर्ड बनाएका छन् । शेयर बजारमा कायम यसअघिका सबै रेकर्ड तोड्दै यस दिन परिसूचक र शेयर कारोबार रकमले नयाँ रेकर्ड बनेका हुन् ।

नेप्से परिसूचक ३८.३२ अंक वृद्धि भएर २९८३.११ विन्दुमा रोकिएको हो । यो विन्दु हालसम्मकै उच्च हो । यस अघि जेठ २५ गते २९६० विन्दुमा पुगेर परिसूचकले नयाँ रेकर्ड बनाएको थियो ।

२२० कम्पनीको ३ करोड ७० करोड ७६ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ ।

त्यस्तै करोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । यसअघि १७ अर्ब २७ करोडको शेयर कारोबार भएकोमा आज उक्त रेकर्ड तोडिएको हो । १९ अर्ब ५५ करोडभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक मूल्यको शेयर कारोबार अरुण भ्याल्ली हाइड्रपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७२ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै दोस्रोमा बढी मूल्यको शेयर कारोबार लुम्बिनी विकास बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ५८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भने ४.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?