नेपालमा ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

Dec Fri 2021 11:08:56

126 views

नेपालमा ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ । कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्। त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे। उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए । कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?