Breaking News

महावीर पुनको मन : राष्ट्रिय आविष्कार केन्द्रलाई जग्गा दान

Feb Wed 2020 02:40:17

697 views

महावीर पुनको मन : राष्ट्रिय आविष्कार केन्द्रलाई जग्गा दान

व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका महावीर पुनले ३ करोडको जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन् । राज्यलाई अविष्कार केन्द्रलाई सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि सहयोग नगरेपछि पुनले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेका हुन् । पुन भन्छन्, ‘यो घोषणा नयाँ होइन। यो घोषणा अर्थमन्त्री डा। रामशरण महत र बिष्णु पौडेलसहित अर्थ सचिव, सह–सचिव अनी दुई प्रधानमन्त्री र उनका सल्लाहकारलाई बिगतका दिनमा बारम्बार भनि सकेको कुरा हो। मैले सबैलाई ‘यदि, सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु ।’ यसो भन्दा उहाँहरुले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेका थिए ।’

पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रष्ट पार्दै फेसबुकमा लेखेका छन्, ‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामाबस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० बर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं। त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौं। तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केही महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ। सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ।’

महावीर पुनको सबै जग्गा आविष्कार केन्द्रलाई दान पुनले अविष्कार केन्द्रका लागि सरकारको ढोका बन्द गरेर जनताको ढोकामा गइसकेको बताउदै आफ्नो जिन्दगीको सम्पूर्ण समय यसमै लगाउने र आर्थिक संकट परे २८ रोपनी जग्गा बेचेर केन्द्रको काम अगाडि बढाउने समेत बताएका छन् । आर्थिक संकट नपरे जग्गामा भौतिक संरचना बनाएर अनुसन्धानका लागि उपयोग गर्ने पुनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?