Breaking News

ह्याक्ड’ (Hacked) नामक एप आयो

Feb Wed 2020 02:40:43

1248 views

ह्याक्ड’ (Hacked)  नामक एप आयो

माइक्रोसफ्टले कम्प्युटर वा मोबाइल फोन ह्याक हुँदा जानकारी दिने एप ल्याएको छ। कम्पनीले ‘ह्याक्ड’ (Hacked)  नामक एप ल्याएको हो। यस एपको मद्दतले कुनै पनि फोन वा कम्प्युटर ह्याक हुँदा प्रयोगकर्ताले जानकारी पाउँछन्।

१० एमबी साइज भएको यो एप haveibeenpwned को एप्लिकेशन प्रोग्रामको इन्टरफेस जस्तै काम गर्छ।

साथै प्रयोगकर्ताको एकाउन्टलाई हरेक विन्डोज डिभाइसमा खोजी गर्छ।

यसको विल्ट इन मोनीटरिङ सिस्टम हरेक १२ घण्टामा स्वतः प्रयोगकर्ताको एकाउन्ट चेक गर्छ र यो ब्याकग्राउन्डमा पनि काम गर्छ।

यस एपको प्रोग्राम इन्टरफेस प्रोटोकल एच।टी।टी।पी।एस (https) प्रोटोकलमा काम गर्ने भएका कारण यो पूर्णरुपमा सुरक्षित भएको कम्पनीले जनाएको छ। यो एप विन्डोज एप स्टोरमा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?