Breaking News

सेनाका रथीले नै भने ‘नेपालमा सैनिक शासन लागु हुदैछ, त्यसका लागि उपयुक्त वातावरण बन्दैछ’भिडियोे सहित

Feb Wed 2020 02:40:42

772 views

सेनाका रथीले नै भने ‘नेपालमा सैनिक शासन लागु हुदैछ, त्यसका लागि उपयुक्त वातावरण बन्दैछ’भिडियोे सहित

नेपाली सेनाका पूर्वसहायक रथी उमेशकुमार भट्टराईले नेपालमा सैनिक शासन लागु हुने वातावरण बन्दै गएको बताएका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधिसमेत गरेका भट्टराईले देशमा जारी हिंसात्मक राजनीतिले सैनिक शासन लागु हुने दिन नजिकै आएको दावी गरेका छन् । पत्रकार नारायण पौडेलको कार्यक्रम यक्ष प्रश्नमा कुरागर्दै भट्टराईले भने,‘यस्तै अवस्था कायम भएमा सेनाले शासन लिन्छु भन्नै पर्दैन परिस्थितिले नै लिन बाध्य बनाउँछ ।’ राजनीतिक भद्रगोल कायम रह्यो, नागरिकले अधिकार सहज ढंगबाट उपभोग गर्न पाएनन् भने सेनालाई सत्ता हातमा लिन दबाब बढ्दै जाने उनले उल्लेख गरे । हालको हिंसात्मक राजनीतिले सैनिक शासनको पृष्ठभूमि तयार हुँदै गएको उनले बताए । (सम्बन्धित भनाइ भिडियोको १७ औं मिनेटमा रहेको छ ।)

[embedyt] http://www.youtube.com/watch?v=qfno4cSymhI[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?