Breaking News

वाइफाइ प्रविधिलाई चुनैती दिदै ‘लाइफाइ’ इन्टरनेट प्रविधि

Feb Wed 2020 02:40:19

999 views

वाइफाइ प्रविधिलाई चुनैती दिदै ‘लाइफाइ’ इन्टरनेट प्रविधि

फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि लाइ फाइ को इस्टोनियामा सफल परिक्षण भएको छ । यो प्रविधिको प्रयोग गर्न चाहिन्छ एउटा बत्ति र एउटा ‘फोटो डिटेक्टर’ ।

प्रविधिको प्रिक्षण गर्ने कम्पनी भ्लेमेन्नीले लाइ फाइको प्रयोग गरेर १ जिबि पिएस सम्मको गतिमा इन्टरनेट प्रयोग गरेको जनाएको छ । प्रयोगशालामा भएका परिक्षणहरुले यो गति २२४ जिबि पिएस सम्म पुर्याउन सक्ने देखाएको छ ।

कम्पनीका सिइओ दिपक सोलङ्कीले भने, ‘यो प्रविधि ३-४ वर्षमा सामान्य प्रयोगकर्ता माझ आउने छ ।Light-Bulb

वाइ फाइको तुलनामा लाइ फाइले रेडियो वेभहरुसँग अन्तरक्रिया गर्दैन र यसको गति लाइटको गति बराबरको हुन्छ ।

तर यसलाई घर बाहिर भने प्रयोग गर्न सकिने छैन किन भने त्यहाँ सूर्यको अत्याधिक प्रकाश हुन्छ । लाइ फाइको अर्को बेफाइदा भनेको यसका तरङ्गले भित्ता वार पार गर्न सक्दैनन् । तर पनि धेरै भिडभाड हुने स्थानहरुमा वाइ फाइको ब्याकअपका रूपमा यसलाई प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?