Breaking News

यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

Feb Wed 2020 02:40:15

902 views

यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा
सामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ। यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा सेभ गरिएका सबै क्लिप पनि यहाँ हेर्न सकिन्छ। दर्शकले जुन भिडियो धेरै हेर्छन उक्त भिडियोलाई विज्ञापन दिइन्छ। अहिलेसम्म केही चर्चित पब्लिशरलाई मात्र फाइदा भएको छ। सुरुवातमा बेलायत, अमेरिका, आयरल्याण्ड, अस्ट्रेलिया र न्युजील्याण्डमा देखाइने भिडियोमा मात्र यी सबे सेवा उपलब्ध हुनेछन्। भिडियोबाट हुने फाइदा भिडियो निर्माता र फेसबुकलाई बाँडिनेछ। निर्माताले ५५ प्रतिशत र फेसबुकले ४५ प्रतिशत पैसा पाउनेछन्।  फेसबुकले बुधवार नै यो सेवा सुरु हुने मिति सार्वजनिक गर्ने तयारीमा थियो। तर यो जानकारी लिक भएपछि मिति घोषणा गर्ने कार्यक्रम पछि सरेको छ। त्यही कारण केही प्रयोगकर्ताले यो पेज हेर्न पाएका छैनन्। फेसबुक वाच सर्भिसलाई गूगलको यूट्युवको प्रतिद्वन्द्वी भएको बताइएको छ।  तर यसले केवल यूट्यवको मात्रै होइन पारम्परिक टिभी च्यानल र अनलाइन आउटलेट जस्ता नेटफ्लिक्स, अमेजन भिडियो, बीबीस् आईप्लेयर र फेसबुकको आफ्नो इन्स्टाग्राम टिभीलाई पनि टक्कर दिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?