Breaking News

नेपालमा सूचना प्रबिधि बिकासको थप सम्भाव्यता खोज्न सगुन र क्यान महासंघ बिच सहकार्य

Feb Wed 2020 02:40:46

690 views

नेपालमा सूचना प्रबिधि बिकासको थप सम्भाव्यता खोज्न सगुन र क्यान महासंघ बिच सहकार्य

काठमाडौ । सगुन इंकर्पोरेशन र क्यान महासंघ बिचमा नेपालको सूचना प्रबिधि क्षेत्रको बिकास र बिस्तारमा सम्भायता अध्ययन गरी सहकार्य गर्ने समझदारी भएको छ।

सूचना प्रबिधि क्षेत्रको छाता संगठन क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालीहरुले शुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले (sagoon.com) देशको सूचना प्रबिधि क्षेत्रको बिकासमा टेवा पुर्याउन सक्ने बिश्वास लिदै क्यान महासंघ र सगुन बिचमा के के कुरामा सहकार्य हुन सक्छ अध्ययन गरी अघि बढ्न महासंघ तयार रहेको बताउनुभयो।

सूचना प्रबिधिको क्षेत्रमा नेपालमा धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै क्यान महासंघसँग सहकार्य गरी काम गर्न सगुन तयार रहेको सगुन इंकर्पोरेशनका संस्थापक गोबिन्द गिरीले बताउनुभयो।

सूचना प्रबिधि क्षेत्रको बिकासको लागि सगुनले नेपालमा नै कार्यालय खोलेर काम सुरु गरिसकेको तथा सूचना प्रबिधि क्षेत्रमा केही गर्न चाहनेहरुको लागि रोजगारको अवसर सिर्जना गर्ने तयारीमा रहेको सगुन इंकर्पोरेशनका सहसंस्थापक कबिन्द्र सिटौलाले बताउनुभयो।

सगुन इंकर्पोरेशन र क्यान महासंघबीच सूचना प्रबिधि क्षेत्रको अध्ययन, अनुसन्धान, कार्यशाला, आदिमा सम्भाव्यता हेरेर सहकार्य गर्ने समझदारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?