Breaking News

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

Feb Wed 2020 02:40:25

427 views

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

वकिलको काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई नोकरीमा राखेको हो । यो वकिल रोबोटले अब कानूनी अनुसन्धानमा कम्पनीका अन्य विभिन्न टोलीहरुलाई सहयोग गर्नेछ ।

‘रोस’ नामको उक्त रोबोट वकिललाई आइबिएम कम्पनीले तयार गरेको हो । कग्निटिभ कम्प्युटिंग तथा प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको यो रोबोटसँग कम्पनीका अन्य मानव वकिलहरुले अनुसन्धानसँग जोडिएका विभिन्नखाले जटिल प्रश्नहरु सोध्नेछन् र रोबोटले कानुनको अध्ययन गरेर तथा प्रमाण जुटाएर ती सवालहरुको निकै प्रासंगिक तथा प्रमाणित उत्तर दिनेछ ।

ब्याकरहस्टलर नामक ल र्फमले अब पुनर्संरचना, क्रेडिट राइट्स तथा ब्यांकरप्टी लगायतका क्षेत्र हेर्ने विभागमा प्रयोगको लागि रोेसलाई लाइसेन्स दिनेछ ।रोसले कानुनी गतिविधिहरुमा चौबिसै घण्टा निगरानी राख्नुका साथै अदालतमा भएका नयाँ फैसलाहरुको बारेमा अन्य वकिलहरुलाई जानकारी गराउनेछ जसले कुनै खास मुद्दामा असर पुर्‍याउन सक्दछ । साथै यो रोबोट वकिलले अन्य मानव वकिलहरुसँग आफूले पनि निरन्तर सिकिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?