Breaking News

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा २.३९ गुणा बढी आवेदन, तर सबै आवेदकले ५० कित्ता पाउने

Jan Tue 2021 05:59:50

1984 views

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा २.३९ गुणा बढी आवेदन, तर सबै आवेदकले ५० कित्ता पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  आईपीओमा आवेदकको हातखाली जाने छैन । सिडिएससीका अनुसार आईपीओ निष्काशन गरेको अन्तिम समयसम्म माग भन्दा २.३९ गुणा बढी आवेदन दिएका छन् ।

आवेदकले दिएको आवेदन हेर्दा कुनै पनि लगानीकर्ताको हातखाली हुने छैन । तथ्यांक हेर्दा सबै आवेदकले ५० कित्ता पाउने सम्भावना बलियो रहेको छ ।

आवेदन दिएका आवेदकमध्ये केहीको आवेदन रद्द भएको खण्डमा, कतिपय आवेदकले ३० कित्ता वा सो भन्दा कम आवेदन दिएको खण्डमा केही आवेदकलाई थप १० कित्ता सहित ६० कित्ता आवेदन पर्ने सम्भावना पनि देखिएको छ । ४० देखि ५० कित्तासम्म आवेदन पर्ने सम्भावना बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?