Breaking News

रेडमी १० प्राइम फोनको मूल्य कति ? विशेषताहरु यस्ता छन्

Sep Sun 2021 06:17:49

615 views

रेडमी १० प्राइम फोनको मूल्य कति ? विशेषताहरु यस्ता छन्


रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो  शाओमी ग्लोबल  टेक्नोलोजी लीडरले  नेपालमा लन्च गरेको छ । अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ ।

पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मद्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शन को सुविधा प्रस्तुत गर्दछ ।    

शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरीएको यो उपकरणले कन्टेन्ट क्रियटर, स्ट्रिमिंग गर्ने उत्साहीहरु, विद्यार्थीहरु, र मोबाइल गेमरहरु सबैको लागी एक उच्च अनुभव प्रदान गर्दछ ।  

रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । ४जीबी+६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) नेपाली २० हजार ९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली २३ हजार ९९९ मा उपलब्ध हुनेछ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?