Breaking News

मोबाइलको ब्याट्री छिटो सकियो चिन्ता नगर्नुस, यी ७ उपाय रोज्नुहोस्

Feb Tue 2020 05:40:14

740 views

मोबाइलको ब्याट्री छिटो सकियो चिन्ता नगर्नुस, यी ७ उपाय रोज्नुहोस्
मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ – १. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस् । साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस् । किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम गर्ने गर्छ । २. फोन प्रयोग गरिरहेको समयमा यो ध्यान राख्न जरुरी छ कि, फोनको ब्याट्री कहिल्यै पनि पूरै नसकियोस् । जब ब्याट्री दश प्रतिशतभन्दा तल जान्छ, मोबाइल चार्ज गर्नुस् । ३. केही मोबाइल प्रयोगकर्तालाई यो भ्रम हुन्छ कि, फोनलाई सय प्रतिशत नै चार्ज गर्नुपर्छ तर त्यस्तो होइन । फोनलाई फुल चार्ज गर्नु आवश्यक हुँदैन । ४. केही प्रयोगकर्ता फोन चार्ज भइसकेपछि पनि मोबाइलको चार्जर जोडिरहेका हुन्छन् । यसो गर्दा फोनको ब्याट्रीमा असर पर्ने गर्छ । त्यसैले पनि फोनलाई रातभरी चार्जमा राख्नु उपयुक्त हुँदैन । ५. भाइब्रेसन र उच्च भोल्युमको रिंगटोनले ब्याट्रीलाई बढी छिटो सक्छन् । त्यसैले ब्याट्री अफ गर्न भाइब्रेसन पनि अफ गर्नुस् र रिंगटोनको भोल्युम पनि सानो राख्ने गर्नुस् । ६. तपाईलाई लाग्न सक्छ, ब्याट्री सेभर एपहरु सबै ठीक हुन सक्छन् । तर त्यो गलत हो । सबै ब्याट्री सेभर एप ब्याट्री बचाउनका लागि उपयोगी हुँदैनन् । यस्ता एपले उल्टो ब्याट्री घटाउने हुनाले सही एप छुट्याएर मात्र प्रयोग गर्ने गर्नुस् । ७. यदि फोनमा कम ब्याट्री छ भने फोनको ब्याकग्राउन्ड एप्स र वाइ फाइ पनि बन्द गर्नुस् । यसो गर्दा तपाईको ब्याट्री अझ बढी समयसम्म टिक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?