Breaking News

इसेवाको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने

Jul Tue 2023 05:02:44

368 views

इसेवाको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने

इसेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ ।

सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सीइओ विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

यसका लागि बुधबार एभरेस्ट बैंकका डेपूटी सिइओ विजय कुमार श्रेष्ठ र इसेवाका सिइओ जगदिश खड्काबीच सम्झौतामा भएको हो।

हस्ताक्षर पछि अब गाहकलाई सहजता हुने एभरेष्ट बैंकका डेप्यूटी सिइओ विजय श्रेष्ठले बताए । सो सेवा एभरेष्ट बैङ्कको जुनसुकै शााखाबाट पनि लिन सकिने छ । यता, इसेवाका सीईओ खड्काले ग्राहकको जनजीवन सहज बनाउन काम गरिरहेको जानकारी गराए ।

यो सेवा केही समयका लागि नि:शुल्क गरिएको उनले बताए । पछि नेपाल राष्ट्र बैंकको नीति बमोजिम शुल्क लाग्ने उनले जानकारी दिए । यो सेवा प्रयोग गर्न इसेवाको एप प्रयोग गर्नुपर्ने छ । त्यसपछि मोबाइलमा आएको ओटिपी कोड एटिएममा प्रविष्ट गर्नुपर्नेछ । एटीएमबाट ५ हजार रुपैयाँसम्म झिक्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?