Breaking News

राष्ट्रिय वाणिज्य बैङ्कले ४६५ जना कर्मचारीहरू माग्यो, +2 पासलाई पनि अवसर

Jun Sat 2023 04:46:53

468 views

राष्ट्रिय वाणिज्य बैङ्कले ४६५ जना कर्मचारीहरू माग्यो, +2 पासलाई पनि अवसर

राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो ।

बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट मिति २०८०/०३/१० गतेदेखि Online दरखास्त फाराम भर्न बैंकले आह्वान गरेको छ । बैंकले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा Scan गरी Attach गर्नुपर्नेछ | 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?