Breaking News

मोदनाथ प्रश्रितले यौनहिंसा गरेको धरातल पुस्तक प्रकाशनपछि शारदा भुषाल असुरक्षितको दैनिकी बिताउदै

Feb Tue 2020 05:40:49

302 views

मोदनाथ प्रश्रितले यौनहिंसा गरेको धरातल पुस्तक प्रकाशनपछि शारदा भुषाल असुरक्षितको दैनिकी बिताउदै

काठमाडौं । पूर्व शिक्षामन्त्री, एमाले नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले सात महिना लामो यौन हिंसा गरेको लेखिका शारदा भुषालले आफ्नो सार्वजनिक गरेको आत्मकथा ‘धरातल’ मा खुलास गरेकी छिन् । साहित्यमा मदन पुरस्कारसमेत जितेका प्रश्रितलाई नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनको एक अग्रज व्यक्तित्वका रुपमा लिइन्छ ।

हाल ७४ वर्षको उमेरमा पार्टीबाट सन्यास लिएर बसेका प्रश्रितले ०४७ सालमा पटक–पटक बलात्कार गरेको र शारदाले उल्लेख गरेकी छिन् । त्यसपछि उनी २५ वर्षसम्म न्यायको लागि भौतारिएकोपनि शारदाले ‘धरातल’मा उतारेकी छिन् । भ्रष्टाचारविरुद्ध तीनपटक आमरण अनसनसमेत बसिसकेकी साहसी महिलाका रुपमा उनी परिचित छिन् ।

टिभीमा अन्तर्वार्ता देखाइदिने नाउँमा उनीमाथि यौनप्रस्ताव गरिएको लेखिकाले निडर भएर खुलाएकी छिन् । पढाउन भनेर काठमाडौंमा आफ्नै बाबुको सहयोगमा मोदनाथसँग राखिएकी १३ बर्षे किशोरी बारम्बार यौनहिंसामा परेपछि कसरी भागेर हिँडिन् भन्ने सविस्तार खुलाइएको छ । मोदनाथले उ बेला पनि आफ्नो बचाउ गर्दै भनेका थिए रे, ‘कान्छी स्वास्नी बनाउ भनेर राखेको, तर भागेर हिँडी ।’

पुस्तक प्रकाशन भएपछि शारदा भुषालले असुरक्षित महसुस गरेको बताइएको छ । तरकारी किन्न जाँदा उनले मास्क लगाएर जानेगरेकी छिन् । एक हप्तामा ६ वटा नम्बर फेरिसकिएको तर धम्की आउन नछाडेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?