Breaking News

अनलाइन पत्रकार संघ

Feb Tue 2020 05:40:35

799 views

अनलाइन पत्रकार संघ
noja-prgअरुलाई गाली गर्दैमा समस्याको समाधान नहुने : मन्त्री रिजाल सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा प्रमुख अतिथिको आशन ग्रहण गरेका मन्त्री डा. रिजालले मन्तव्यका क्रममा उक्त विचार राखेका हुन् । उनले वर्तमान परिस्थितिमा राजनीति र बुद्धिमतालाई प्रदर्शन गर्न सक्नुपर्ने, राजनीतिक पार्टीका कार्यकर्तालाई उचालेर अर्को राष्ट्रलाई गाली गर्दैमा समस्याको समाधान गर्न नसकिने बताएका थिए । ‘नेपालको इतिहासलाई हेर्दा भीमसेन थापा जस्ता वीर योद्धाले शाहस र धर्यधारण व्यक्त गर्दै नेपालको अस्मितालाई बचाई राख्न सम्झौता गरेको पाइन्छ तर उनलाई आज नेपालीहरुले गाली गर्दैनन्,’ मन्त्री डा. रिजालले भने, ‘भारतका जनताले नेपाल प्रति देखाउने सद्भाव ज्यादै उच्च रहेको छ । त्यहाँ पनि एकदुई जना सम्बन्ध विगार्ने मानिसहरु छन्, जसका कारण नेपाल र भारत बीचको सदियौ पूरानो मित्रतामा आँच आइरहेको छ ।’ उनले चीन र तिब्वत बीचको प्रशंगलाई प्रस्तुत गर्दै तिब्वतका विषयमा जसरी एक चीन नीति प्रस्तुत गरिदैं आएको छ, त्यसैगरी दक्षिण तर्फ बुद्धिमता प्रस्तुत गर्न सक्नुपर्ने बताए । यसैगरी अनलाईन पत्रकारहरुले सत्यतथ्य समाचारलाई प्राथमिकता दिनुपर्नेमा बदलाको भावनाबाट प्रेरित भएर समाचार सम्प्रेषण गर्दा वास्तविकताको पत्रकारिता हुन नसक्ने बताए ।

बढ्दो अनलाईनलाई व्यवस्थित बनाउन काउन्सिल सहकार्य गर्न तयार: बोर्ण ब. कार्की

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर काकीले बढ्दो अनलाईन र व्यवस्थित नभएको अबस्थामा राष्ट्रिय अनलाइन पत्रकार संघ गठन हुनु ठुलो कुरा रहेको बताउदै प्रेस काउन्सिलले यस संघलाई जस्तो सुकै सहयोग गरि अगाडि बढाउन तयार रहेको जानकारि दिनुभयो ।

सुशिल दाहाल काठमाडौं

सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा प्रमुख अतिथिको आशन ग्रहण गरेका मन्त्री डा. रिजालले मन्तव्यका क्रममा उक्त विचार राखेका हुन् । उनले वर्तमान परिस्थितिमा राजनीति र बुद्धिमतालाई प्रदर्शन गर्न सक्नुपर्ने, राजनीतिक पार्टीका कार्यकर्तालाई उचालेर अर्को राष्ट्रलाई गाली गर्दैमा समस्याको समाधान गर्न नसकिने बताएका थिए । ‘नेपालको इतिहासलाई हेर्दा भीमसेन थापा जस्ता वीर योद्धाले शाहस र धर्यधारण व्यक्त गर्दै नेपालको अस्मितालाई बचाई राख्न सम्झौता गरेको पाइन्छ तर उनलाई आज नेपालीहरुले गाली गर्दैनन्,’ मन्त्री डा. रिजालले भने, ‘भारतका जनताले नेपाल प्रति देखाउने सद्भाव ज्यादै उच्च रहेको छ । त्यहाँ पनि एकदुई जना सम्बन्ध विगार्ने मानिसहरु छन्, जसका कारण नेपाल र भारत बीचको सदियौ पूरानो मित्रतामा आँच आइरहेको छ ।’ उनले चीन र तिब्वत बीचको प्रशंगलाई प्रस्तुत गर्दै तिब्वतका विषयमा जसरी एक चीन नीति प्रस्तुत गरिदैं आएको छ, त्यसैगरी दक्षिण तर्फ बुद्धिमता प्रस्तुत गर्न सक्नुपर्ने बताए । यसैगरी अनलाईन पत्रकारहरुले सत्यतथ्य समाचारलाई प्राथमिकता दिनुपर्नेमा बदलाको भावनाबाट प्रेरित भएर समाचार सम्प्रेषण गर्दा वास्तविकताको पत्रकारिता हुन नसक्ने बताए । कार्यक्रममा सांसद जगदिश्वरनरसिंह केसीले नेपाली जनताको संविधान घोषणा भएको विचार व्यक्त गर्दै यस पछिका चुनौतिहरुलाई सामना गर्नेे दायित्व सबै नेपालीहरुको रहेको बताए । उनले राष्ट्रियताका विषयमा आँच नपुग्ने गरी असन्तुष्ट पक्षका मागहरुलाई संशोधन गर्न सकिने बताएका छन् । संघको प्रारम्भिक साधारण सभा सफलताको कामना गर्दै सांसद मोहन सिंह राठौरले देशमा राजनीतिक अस्थिरताले गर्दा संकटको सामना गर्दै आइरहनु परेको र संविधान जारी भइसकेको अवस्थामा यसबाट स्थायित्व आउने विश्वास व्यक्त गरे । उनले संविधानले सामाजिक सद्भाव सृजना गर्दै लैजाने भएकाले देशमा देखिएका चुनौतिहरुलाई समाधान गर्ने विश्वास व्यक्त गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर काकीले बढ्दो अनलाईन र व्यवस्थित नभएको अबस्थामा राष्ट्रिय अनलाइन पत्रकार संघ गठन हुनु ठुलो कुरा रहेको बताउदै प्रेस काउन्सिलले यस संघलाई जस्तो सुकै सहयोग गरि अगाडि बढाउन तयार रहेको जानकारि दिनुभयो । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष दिपक महतले राष्ट्रिय अनलाइन पत्रकार संघलाई बधाई दिदै अनलाइन मिडिया र पर्यटन व्यवसाय सगसगै अगाडि बढ्नु पर्नेमा जोड दिनुपर्ने र अनलाइन पत्रकारिताको महत्वमाथि प्रकाश पार्दै तत्कालको घटना संसार भरि नै क्षणभरमा जानकारी हुने प्रविधिलाई सही ढंगबाट परिचालन गर्न सक्नुपर्ने बताए । मन्तव्यका क्रममा ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले संविधान जारी पछिको अवस्थामा पर्यटकीय अवस्थामा सुधार आउनुपर्नेमा राजनीतिक अस्थिरताले गर्दा अपेक्षा गरिए अनुसारको पर्यटनमा सुधार हुन नसकेको विचार व्यक्त गदै अनलाइनको ठुलो भुमिका रहेकोले संघलाइ जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताए । संघका महासचिव सागर श्रेष्ठले स्वागत मन्तव्यका क्रममा राष्ट्रिय अनलाईन पत्रकार संघले पत्रकारहरुको अधिकारलाई सुरक्षित गर्न कार्य थालनी गरिसकिएको र संस्था स्थापना गर्नुपर्ने उद्देश्यहरुका सम्बन्धमा प्रकाश पारेका थिए । कार्यक्रमको सभापत्वि ग्रहण गरेका संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाले अनलाइन पत्रिकामा प्रकाशित हुने गलत सूचनालाई खवरदारी गर्ने र अनलाइन पत्रिकाको मर्यादा विकाश गर्न प्रेस काउन्सिल नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्तव्यका क्रममा राष्ट्रिय अनलाइन पत्रकार संघलाई निकट भविष्यमा महासंघको स्वरुपमा परिणत गरेर संचार मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायतका संस्थाहरुसँग सहकार्य र समन्वय गरी कार्य गर्ने बताए । कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ्छिरिङ्ग शेर्पा, शिक्षा प्रवद्र्धन समाजका अध्यक्ष शरणरत्न स्थापित, एमनेष्टि इन्टरनेशनलका अध्यक्ष सूर्यबहादुर अधिकारी, मानव अधिकार काउन्सिल नेपालका अध्यक्ष तुलसी थापा, कलाकार श्रीकृष्ण सिंखडा लगायतले संघको सफलताको शुभ–कामना सहित मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. रिजालले दुई वर्षे कार्यकालका लागि निर्वा्चित कार्य समितिका अध्यक्ष मुकुन्द ढुंगाना, उपाध्यक्ष राजन लम्साल, महासचिव सागर श्रेष्ठ, सचिव दिवस पोख्रेल, सदस्यद्वय कल्पना दंगाल र हरि मानन्धरलाई प्रमाण–पत्रद्वारा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?