Breaking News

सामसङको टिभीको मूल्य ८ करोड ६८ लाख रुपैयाँ

Feb Tue 2020 05:40:26

520 views

सामसङको टिभीको मूल्य  ८ करोड ६८ लाख रुपैयाँ
दक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ ।  यो टिभी अहिलेसम्मकै महंगो  भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ । यसमाथि विद्युतीय सामान भारतबाट आयात गर्दा लाग्ने भन्सार पनि जोड्ने हो भने यसको मूल्य नेपाल आउँदा ८ करोड ६८ लाख पुग्छ । ३२ इन्चभन्दा ठूलो टिभी नेपाल ल्याउँदा मूल्यको ५५ प्रतिशत भन्सार लाग्छ । यो टिभी ११० इन्च फूल एचडी, १३० इन्च फूल एचडी, २२० इन्च अल्ट्रा एचडी र २६० इन्च अल्ट्रा एचडी मोडलमा उपलब्ध छ । कम्पनीका अनुसार यो टिभीबाट दर्शकले मल्टिप्लेक्स सिनेमाघरमा जस्तो अनुभूति घरमै गर्न पाउनेछन् । यसलाई एक्टिभ एलइडी पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?