Breaking News

महिला हिंसा न्युनीकरण र अपांग भएका महिलाका लागि आइसिटीको प्रयोग अत्यावश्यक

Feb Tue 2020 05:40:53

540 views

महिला हिंसा न्युनीकरण र अपांग भएका महिलाका लागि आइसिटीको प्रयोग अत्यावश्यक

सूचना सञ्चार तथा प्रविधिको प्रयोगमार्फत महिला हिंसाका घटनालाई न्युनीकरण र अपांगता भएका महिलाहरुको जीवनस्तर माथि लैजान सकिन्छ भन्ने कुरालाई मनन गर्दै मिडिया हाउसले २ दिने वर्कशप ललितपुरको गोदावरीमा सञ्चालन गरेको छ । नेपाली समाजमा महिलाप्रतिको हेराई र दृष्टिकोण फरक हुदा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढेर गएका छन् । त्यससँगै अपांगता भएकाहरुले केही गर्न सक्तैनन् भन्ने गलत सोचाइले नेपाली समाज पछाडी परेको छ त्यसमा भन्दा पनि अझ अपांग भएका महिलाहरु नेपाली समाजको परम्परा र संस्कृतिका कारण घर परिवार र समाजमा अपहेलित भएर बाँच्नुपर्ने अवस्था अझैसम्म कायम छ । महिलालाई अवसर दिइनुपर्दछ जे पनि गर्न सक्छन् भन्ने सोचाईले प्राथमिकता नपाउदा महिलाहरु अझ हिंसाको शिकार बनिरहेका छन् । कुटपीट, यातना, बलत्कार र हत्याको घटनासम्म पुग्दा पनि नेपाली समाजमा महिलाहरुले न्याय पाउन सकिरहेका छैनन् । यसको एउटै कारण हो शिक्षा र चेतनाको कमी महिलाहरुमा हुनु । सूचना सञ्चार प्रविधिको प्रयोगको व्यापकता हरेक क्षेत्रमा बढिरहदा महिलाहरुलाई आइसिटीमा कसरी अगाडी बढाउने भन्ने नीति र योजना बन्न नसक्दा महिला हिंसाको अन्त्य मात्र होइन अपांगता भएका महिलाहरुको अवस्था माथि उठ्न नसकेको यथार्थ सत्य हो । बढ्दो सूचना सञ्चार प्रविधि मार्फत अपांगता भएका महिलाहरुको जीवनस्तर कसरी माथि उकास्न र महिला हिंसाको न्युनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले मिडिया हाउसले यही फाल्गुन १० र ११ गते ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा २ दिने वर्कशप आयोजना गरेको छ । वर्कशप सञ्चालनको उद्घाटन सत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आननन्दराज खनाल र प्रशिक्षक तथा लैंगिक हिंसा विज्ञ एवं सञ्चारकर्मी आरती चटौत लगायत बिभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु सहभागी भएका थिए । वर्कशपको मुख्य उद्देश्य आइसिटी टुल्स मार्फत अपांगता भएका महिलाहरुको अवस्था माथि उकास्न र महिला हिंसा अन्त्यको लागि महिलाहरुलाई थप जागरुक बनाउनु रहेको मिडिया हाउसका प्रबन्ध निर्देशक शहनशिला शर्माले बताइन् । हेरौ वर्कशप सञ्चालनका केही फोटो झलकहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?