Breaking News

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

Feb Wed 2020 02:40:39

900 views

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्
केही सूचना लिन होस् या त सम्बन्ध बनाइराख्न होस्, फेसबुकले अहम भूमिका खेलिरहेको छ। तर, कतिपय अवस्थामा, यही फेसबुकका कारण नराम्रा घटनाहरु समेत घटिरहेका छन्। त्यस्ता घटनाबाट बच्नको लागि के गर्ने ? आफ्नो फेसबुक अकाउन्टमा सबैले देख्ने गरि मोबाइल नम्बर नराख्नुहोस्। नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा फोन गरेर बारम्बार समस्यामा पार्ने पनि हुनसक्छ। फेसबुकमा तपाइले लोकेसन राख्दा तपाईंको फेसबुक भित्तो वा पोस्ट हेर्नेहरुलाई तपाईं कहाँ हुनुहुन्छ भनेर थाहा हुन्छ। त्यसैले, फेसबुक पोस्टहरु गर्दा आफू कहाँ छु भन्ने थाहा दिन आफ्नो लोकेसन पनि नराख्नुहोस्। सबैले देख्नेगरी आफ्नू पूरा जन्ममिति फेसबुकमा नराख्नुहोस् । जन्ममिति कसैलाई थाहा भयो भने तपाईंको क्रेडिट कार्डबारे जानकारी र बैंक अकाउन्ट पनि अरुलाई थाहा हुन सक्छ। हामीमध्ये धेरैको बानी हुन्छ, आफ्नो बालबच्चाको फोटो बारम्बार फेसबुकमा अपडेट गर्ने। तर, यो बानी राम्रो होइन। किनकि आफ्नो परिवारबारे सबैलाई थाहा दिँदा कुनै दुर्घटना पनि हुनसक्छ। त्यसैले समयमा नै सचेत बन्नु राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?