Breaking News

घर, फ्याट कोठा भाडामा लिन र दिन घरभेटी डट कम

Feb Tue 2020 05:40:25

1133 views

घर, फ्याट कोठा भाडामा लिन र दिन  घरभेटी डट कम
-भरतराज उप्रेती पछिल्लो समय इन्टरनेट प्रविधिसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ ।  नेपालमा अनलाइन मिडियाको रफ्तारसँगै सामाजिक सञ्जालहरुमा युवा पुस्ता अभ्यस्त बन्दैछन् । सोसल प्रोफाइल र आफ्नो दैनिकीलाई सामाजिक सञ्जाहरुहरुले ऐनाको रुपमा काम गरिरहेका छन् । सूचना मनोरञ्जन र समाचारको रुपमा प्रयोग भइरहेका सामाजिक सञ्जालहरु बिस्तारै इकमशर्तर्फ मोडिन थालेका छन् । अनलाइन सपिग अहिलेको सामाजिक सञ्जालको उत्तम प्रयोग हो ।  इन्टरनेट, मोबाइल, कम्प्युटर, मोबाइल एप  र सामाजिक सञ्जालहरुमार्फत नेपाली बस्तु तथा सेवा अन्तराष्टिय बजारसम्म पुग्ने गरेका छन् । अहिलेको नेपाली बजारको  अवस्थालाई अध्ययन गरेर कोठा फ्ल्याट वा घर भाडामा लिन र दिन सहज सहज बनाउने सोसल साइट घरभेटी डट कम सञ्चालनमा आएको छ । केही महिनायता मात्र सञ्चालनमा आएको यो साइटले आफ्नै मोबाइल एपको पनि विकास गरेको छ । जसले गर्दा वेबसाइट वा मोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने घरभेटी डट कम का सञ्चालक राजन दाहाल बताउँछन् ।  घरभेटी डट कमको मोबाइल एपबाट युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सूचना प्रदान गर्ने प्रबिधि ल्यतषथ च्ययm फिचरले खोजेको जस्तो कोठा भाडामा पाउन सकिनेछ साथै प्रि(बुकिंङ फिचारको सहयोगले घरभेटीले कोठा खाली हुनु अगाबै उक्त कोठा भाडाको लागि रहेको जानकारी पोस्ट गर्न सकिनेछ । घर बन्न लग्यो आवश्यक भन्दा बढी कोठाहरु वा फ्ल्याट छन् अब भाडामा लगाउनु पर्ने छ कसरि भाडा लगाउने सबैजना व्यस्त सहरमा कसलाई भन्ने र कसले भनिदिने कोठा महिनौ समय खाली रहन सक्छ आम्दानी गर्न सक्ने स्रोत खोज्न,  बढी फराकिलो कोठा चाहियो कहाँ जाने कसलाई भन्ने कोठा खोज्न जाने समय निकाल्न पनि गाह्रो छ, खोजे जस्तो कोठा पनि पाइन्न ,यस किसिमका समस्याको समाधान गर्नका निम्ति  घरभेटी डट कम अब तपार्ईको विश्वासिलो प्रविधि साथी हुनेछ । त्यसैलै आजको सूचना प्रविधिको जमानामा घर, पm्याट, कोठा भाडामा लिन र दिन घरभेटी डट कमलाई रोज्न  सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?