Breaking News

बजार घटे पनि नेप्से सुध्रियो ६० करोड रुपैयाँको किनबेच, बैंक र बीमाका लगानीकर्ताले कमाए

Feb Tue 2020 05:40:32

793 views

बजार घटे पनि नेप्से सुध्रियो ६० करोड रुपैयाँको किनबेच, बैंक र बीमाका लगानीकर्ताले कमाए
nepsee७ अंकले बढेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने घटेको छ । भारतले गर्न सक्ने नाकाबन्दीका कारण मंगलबार ४० अंकले गिरावट आएको बजारले हिजो ‘युटर्न’ लिएपनि बिहीबार बढ्दो गतिलाई टिकाउन सकेन, बजार ६.५ अंकले ओरालो लागेको छ ।         20140909_105445(5)
बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा भने सुधार आएको छ । तीन घन्टामा ५९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सुरुमा हरियो देखिएको बजार केही बेरमै ओरालो लाग्दा रातो भएर बन्द भएको हो । फाइनान्सवाहेक सबै सुचक ओरालो लागेका छन् । दिनभरीमा १२४ कम्पनीको नौं लाख ८६ हजार २६० कित्ता सेयर किनबेच भएको छ । नेपाल टेलिकम सुचिकृत अन्य सुचक १५.२७ अंकले पछाडि फर्किदा समग्र बजार प्रभावित भएको हो । बैंकिङ सुचकमा पनि ४.१९ अंकको गिरावट आएको छ । सबैभन्दा वढी बिमा ४० र जलविद्युत् २३ अंकले घटेका छन् । सबैभन्दा वढी सिटिजन्स बैंकको नौं करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको आज बुकक्लोज भएका कारणले कारोबार बढेको हो । सानिमा बैंकको पनि आठ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । सानिमाको १४ गते बुकक्लोज हुँदैछ । नेपाल इन्भेष्टमेन्ट बैंकको ३० प्रतिशत वोनस सेयर हल्लाले यसको कारोबार पनि बृद्धि भएको छ । बैंकको संस्थापक तीन करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन बैंकको तीन करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । एनबी बैंकको  दुई करोड ५४ लाख र एभरेष्ट बैंकको दुई करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कमाउनेमा अरुण फाइनान्सका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतको हाराहारीमा रिलायवल डेभलपमेन्ट बैंक र युनियन फाइनान्सका लगानीकर्ता छन् । गुमाउनेमा महाकाली विकास बैंक, कैलास विकास बैंक, अरुण भ्यालीका लगानीकर्ता छन् ।

नाकाबन्दीको डरमा मंगलबार झरेको नेप्से बुधबार सुध्रियो, बैंक र बीमाका लगानीकर्ताले कमाए

काठमाडौं । तराइ/मधेसको आन्दोलन र भारतको नाकाबन्दी गर्ने संकेतका कारण संविधान जारी भएको खुसियाली समेत मनाउन नसकेको पूँजी बजार बुधबार केही तंग्रिएको छ । मंगलबार झण्डै ४० अंकले ओर्लिएको नेप्से बुधबार २७.२८ अंकले बढेको हो । दिनभरमा पूँजी बजार २.३६ प्रतिसतले बढेको हो ।
650x405xnepse,2811,29.JPG.pagespeed.ic.x1qDGQbL5l
कारोबार रकम थोरै घटेपनि बजारको बृद्धि भने सकारात्मक थियो । भारतले नाकाबन्दी लगाउने तरखर गरेपछि लगानीकर्ता निकै शसंकित भएका थिए । बुधबार स्थिति केही सामान्य बनेको छ । तराइ/मधेशको आन्दोलनको निकास बार्ताबाट निस्कने र राजनीतिक सहमति कायम हुने अनुमानका आधारमा बजार उकालो लागेको हो । बुधबारको बृद्धि केही संयमित रहेको लगानीकर्ताको विश्लेषण छ ।
कारोबार सुरु हुनासाथ बजार उच्चदरमा बढ्न थालेको थियो । आधा घण्टामै बजार २३ अंकले उक्लिएको थियो । बजार बन्द हुनेबेलासम्म बजार संयमित भयो र अन्तिममा केही अंक बढेर नेप्से ११८३ अंकमा रोकियो ।
दिनभरमा ४९ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भयो । यो कारोबार रकम मंगलबारको तुलनामा केही कम हो । यसमा बाणिज्य बैंक समूहको निकै ठूलो हिस्सा छ । यो समूहको मात्रै ३५ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भयो । इन्स्योरेन्स र विकास बैंक समूहको पनि तीन करोडको दरमा करोबार भयो । जलविद्युत समूहको दुई करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ समूहको सूचक नै करिब ३६ अंकले बढेपछि बजार उकासिएको हो । इन्स्योरेन्स समूहको सूचक पनि १०१.९२ अंकले बढ्यो । त्यस्तै जलविद्युत समूहको सूतक पनि ३० अंकले बढेको छ ।
कारोबार भएका मध्ये अधिकांस जीवन बीमा कम्पनीको सेयर मुल्य बढेको छ । यसले बीमा समूहलाई निकै माथि उठाएको हो । निर्जीवन बीमाका लगानीकर्ताले भने बुधबार गुमाएका छन् । कारोबार भएका मध्ये मूल्य घट्ने जीवन बीमा कम्पनीमा सूर्या लाइफ मात्रै छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?