Breaking News

सगुनले मोवाइल एप्समार्फत मिनी आइपीओ खुल्ला गर्ने

Feb Tue 2020 05:40:37

311 views

सगुनले मोवाइल एप्समार्फत मिनी आइपीओ खुल्ला गर्ने

काठमाडौं। अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम  ले सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो । । अबको केहि महिना भित्र नै सगुनले मोवाइल एप्स सहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् । मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिने कुराको गिरीले जानकारी दिए । सगुन टीमका प्रमुखले बताए अनुसार नेपालीको सगुनमा नेपालीहरुको हिस्सा बढी गराउने मुख्य अवसर नै मिनी आइपीओ हुनेछ । मिनी आइपीओ मार्फत लगानी गर्ने समय थोरै हुने, थोरै रकमबाट लगानी शुरु गर्न सकिने र हालसम्मको तथ्याङ्कको आधारमा अत्यन्तै धेरै व्यक्तिहरु यसको प्रतिक्षामा रहेकोले पनि करिब तीन महिना भित्रमा शुरु गरिने छ ।

मिनी आइपीओको चरण पश्चात सामाजिक सञ्जालको दुनियाँमा सगुनले ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्नेछ जसले प्रयोगकर्ताहरुलाई समेत मुनाफाको हिस्सा वितरण गर्नेछ । प्रयोगकर्ताहरुलाई यस प्रकारको हिस्सा वितरण गर्ने सामाजिक सञ्जालहरुमा सगुन पहिलो हुने संस्थापक गिरी बताउछन् ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियाँमा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो । अमेरिकामा दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?