Breaking News

होसियार ! सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु सिधै जेल जान पनि सक्छन्

Feb Tue 2020 05:40:46

636 views

होसियार ! सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु सिधै जेल जान पनि सक्छन्

‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन् । मन मिलेसम्म सबै कुरा गर्ने, नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ सहकुल थापा, प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा

सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । उजुरीको ३९।९२ प्रतिशत उजुरी यो उमेर समूहले लिएर प्रहरीमा पुग्ने गरेको देखिएको छ । २० वर्षभन्दा कम उमेर समूहका किशोरकिशोरीले पनि दुरुपयोग गर्ने गरेको महाशाखाको अध्ययनले देखाएको छ । २०।५ प्रतिशत उजुरी किशोरकिशोरीको छ । यो उमेर समूहमा स्कुल र कलेज पढ्ने किशोरकिशोरी बढी छन् । ३० देखि ४० वर्ष उमेर समूहका २९।९१ प्रतिशतले महाशाखामा उजुरी गरेका छन् । यसमा गृहिणी, शिक्षक, वैदेशिक रोजगारमा पुगेका युवा बढी पीडित देखिएका छन् । बाँकी ७।९८ प्रतिशत ४० देखि ६० वर्ष उमेर समूहका व्यक्तिले प्रहरीमा उजुरी दिने गरेको देखिएको छ । फेसबुक ह्याक हुने, पासवर्ड बिर्सिनेजस्ता समस्या यो समूहमा देखिन्छ । महाशाखाका अनुसार २०७२ मा ८ सय ३०, २०७३ मा १ हजार १ सय ९७, २०७४ मा १ हजार ४ सय ८२ र २०७५ मा १ हजार ५ सय ७० वटा मु्द्दा दर्ता भएका छन् । ‘पीडितले ल्याएका सबै उजुरीको मुद्दा दर्ता नहुन पनि सक्छ’, एसएसपी थापा भन्छन्, ‘कतिपय कुरा परिवारभित्रकै हुन्छन् । त्यसमा हामीले सम्झाइबुझाइ गरी पठाउँछौं ।’ उनका अनुसार युवामाझ फेसबुक दुरुपयोगको समस्या भयावह देखिएको छ । दिएको ऋण फिर्ता नभए, चेक बाउन्स भए, फोन नउठाएजस्ता विषयमा पनि फेसबुकमा लेखेर अरूको मानमर्दन गर्ने गरेका घटनासमेत प्रहरीमा आउने गरेका छन् । कुन वर्ष कति मुद्दा रु वर्ष मुद्दा संख्या २०७२    ८३० २०७३    ११९७ २०७४    १४८२ २०७५    १५७० स्रोतः महानगरीय प्रहरी अपराध महाशाखा /अन्नपूर्णबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?