Breaking News

निशा पाठक मिस हेरिटेज इन्टरनेशनल २०१५ का लागि नेपालवाट छानिन्

Feb Tue 2020 05:40:29

362 views

निशा पाठक मिस हेरिटेज इन्टरनेशनल २०१५ का लागि नेपालवाट छानिन्
  • कञ्चन रिमाल, नुवाकोट

मिस हेरिटेज इन्टरनेसनल २०१५ मा नेपालका तर्फबाट निशा पाठक सहभागी भएकी छिन् । पाँच फिट पाँच इन्च उँचाईकी १९ वर्षिया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता हुन् ।

मालीगाउँकी निशा हाल पद्म कन्या क्याम्पसमा बिबिए अध्ययनरत छिन् । मोडलिङमा पनि उत्तिकै रुचि राख्ने निशा स्टेज कार्यक्रम संचालनमा पनि सक्रिय छिन् ।

यस पटकको मिस हेरिटेजमा नेपाल, फिलिपिन्स, बंगलादेश, भारत, म्यानमार, थाइल्याण्ड, मलेसिया, जिम्बावेका सुन्दरी सहभागी छन् । त्यस्तै मोरोक्को, नेदेरल्याण्ड, हाइटि, घाना, लेसोथो, युगाण्डा, दक्षिण अफ्रिका, नाइजेरिया, डेनमार्क, रसिया, बेलारुस, जाम्बिया लगायत विश्वका तीस मुलुकका सुन्दरीहरु उपाधि दौडमा सहभागि हुने आयोजक संस्था इप्लानेट प्रा.लि.ले जनाएको छ ।

युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि प्रारम्भ भएको ‘मिस हेरिटेज इन्टरनेशनल’ को २०१५ को संस्करणको तयारी अगाडि बढेको छ ।

यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ । यस पटकको आयोजना भारतको नयाँ दिल्लीमा आगामी डिसेम्बर ६ देखि १३ तारिख सम्म हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?