Breaking News

अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबट

Feb Tue 2020 05:40:20

408 views

अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबट

हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले पानी र ब्याट्रीबाट चल्ने रोबट  उपकरण बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका  हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडाँै आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहँुको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?