Breaking News

विश्वका त्यस्ता आधादर्जन खतरनाक सडक जो निक्कै कहाली लाग्दा छन् (फोटो फिचर)

Feb Tue 2020 05:40:48

550 views

विश्वका त्यस्ता आधादर्जन खतरनाक सडक जो निक्कै कहाली लाग्दा छन् (फोटो फिचर)

यो यस्तो खतरनाक एवं साहसिक मार्गका रुपमा पर्छ जहाँ दैनिक दुई पटक उच्चतहको छाल आउँछ । त्यो कतिबेला आउँछ कसलाई पत्तो । यात्रा गर्ने यात्रुलाई भूकम्पको बेलाजस्तो मुस्लिम वा क्रिष्टियन भए पनि राम–राम–राम भन्नु पर्नेजस्तो ।

२) इजिप्टको लग्जर अल हर्गादा सडकः

यो सडक यति खतरनाक छ कि गाडीको हेडलाइट नै बन्द गर्नुपर्छ । सूर्यास्त भएपछि त झनै कुनै पनि लाइट बाल्नु हुँदैन । बिना बत्ती हावाको भरमा चलाउनु पर्ने यो सडक पार गर्ने जोकोहीलाई मृत्युको मुखमा पुगेकोजस्तो हुने गर्छ । ३) चीनको तियान मेन शान बिग गेट सडकः

यो तियान मेन माउन्टेन राष्ट्रिय निकुञ्जभित्र पर्छ । तर ११ किलोमिटर लामो यो सडक पार गर्न निकै सकस छ । भूतले खाजा खाएको समय पर्यो भने त सक्किगो १ तलदेखि माथिसम्म यसो १.३०० मिटर पनि हेर्न नसकिने । ४) अष्ट्रेलियाको आयर हाइवेः

यो विश्वकै सर्वाधिक राम्रो राजमार्ग पर्छ । १६७५ किलोमिटर लामो राजमार्गमा कतै बाङ्गोटिङ्गो बाटो पर्दैन, सीधा । तर यसले यात्रु वा चालकलाई यति एक्लो र थकित महसुस बनाउँदो रहेछ कि सबैभन्दा बढी दुर्घटना हुने राजमार्ग नै यही पर्छ । ५) भारतको जोजी लाः

यो यस्तो सडक हो जसले लदख र प्रशासित क्षेत्र काश्मीरलाई जोड्छ । सबैभन्दा अग्लो पहाडमध्येको यो सडक यति साँघुरो छ कि हेर्दाहेर्दै चिप्लिन बेर नलाग्ने । यो सडकमा यात्रा गर्ने जो कोहीले ज्यान झोलामा राखेर हिंड्नुपर्ने अवस्था आउँछ । ६) न्यूजिल्याण्डको स्किपर क्यानोड रोडः

साँघुरो र चिप्लने खतरा रहने यो सडक ऐतिहासिक भएकाले त्यत्तिकै छाडिएको छ । यसले हरर चलचित्रका दृश्यसमेत बिर्साउने गरी तर्साउन भने तर्साइरहन्छ ।

(एजेन्सीको सहयोगमा)

- See more at: http://aajakokhabar.com.np/np/newsDetails.php?nid=22482#sthash.uDyGbTBo.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?