Breaking News

गंगा पन्तको उदाहरणीय कदम, पर्वत कैदीवन्दीका लागि एक लाखको कल्याणकोष स्थापना

Feb Tue 2020 05:40:35

406 views

गंगा पन्तको उदाहरणीय कदम, पर्वत कैदीवन्दीका लागि एक लाखको कल्याणकोष स्थापना

महेन्द्र केसी, पर्वत

पर्वत कारागारमा रहेका कैदीबन्दीका लागि कल्याणकोष स्थापना गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनका काम गर्न आर्थिक सहायता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालयको पहलमा सामुदायिक सेवा समाज पर्वत मार्फत एक लाख बराबरको कल्याण कोष स्थापना गरिएको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय समाजसेवीहरुको सहयोगमा कोष स्थापना गरिएको प्रहरी नायव उपरीक्षक गंगा पन्तले बताएकी थिइन् ।

कल्याणकोषबाट निश्चित रकम लिएर कैदीबन्दीले कारागारभित्रै उद्यम गर्न सक्ने र त्यसबाट प्राप्त आम्दानीले घरपरिवारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको प्रहरी नायव उपरीक्षक पन्तले बताइन् ।

कारागारबाट निस्केपछि पनि जीवनयापनका लागि उपयोगी सीप सिकेर जान सक्ने भएकाले यसलाई संस्थागत रुपमै विकास गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

कैदीबन्दीले बाँसको मुढा, प्लाष्टिकका पेटी, नाम्लो लगायतका सामग्री तयार पार्दै आएका छन् । यस्ता सामग्री तयार पार्नका लागि बाँस किन्न समेत पैसाको अभाव हुने भन्दै लामो समयदेखि कैदी बन्दीले कल्याणकोष मार्फत ऋण सहयोगको व्यबस्था गर्न माग गर्दै आएका थिए ।

कार्यक्रमा शान्ति सुरक्षाको वर्तमान अवस्था तथा भावीरणनीती एवं सिसि टिभि व्यवस्थापन, महिला हिंसा, जिल्ला प्रहरी कार्यालय पर्वतको बर्तमान अबस्था भावी चुनौति लगाएतका विषयमा छलफल समेत गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रनाउ पन्तले पर्वतमा पेशेबर रुपमा गुण्डागर्दी नभएपनि केही समुहका नाममा गरिदै आएको गुण्डागर्दी र चोरी निकासी पुरै नियन्त्रणमा आएको प्रनाउ पन्तको दावी गरेकी थिईन ।

कानुन हातमा लिएर कसैले गुण्डागर्दी गर्छु भन्छ भने त्यो काबार्हीमा पर्छ’ प्रनाउ पन्तले भनिन् कसैले प्रहरीलाई आफुले चलाउने सपना नदेखे हुन्छ’ ।

‘केही घटनामा गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएर काबार्ही भएपछि अरुले त्यो हिम्मत गरेका छैनन’ प्रनाउ पन्तको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा पर्वतमा सबैभन्दा बढी घरेलु हिंसाका घटना हुने गरेको र त्यसका लागि जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । अबैध मदिराको उत्पादन सेवन र त्यसबाट सृजित समस्या नै प्रमुख चुनौती रहेको उल्लेख गर्दै प्रंनाउ पन्तले लागु औषध र ढिकुटीको समस्या समेत सुरक्षा चुनौतीको रुपमा रहेको बताएकी थिईन ।

-ebaglung.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?