Breaking News

यू-ट्यूबबाट यसरी भिडियो डाउनलोड गर्न सकिन्छ

Feb Tue 2020 05:40:28

1159 views

यू-ट्यूबबाट यसरी भिडियो डाउनलोड गर्न सकिन्छ
यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिएको छ । भिडियो डाउनलोड गर्न निम्न तरिका अपनाउहोस् – १. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २. एपमा कुनै पनि भिडियो खोल्नुस् ३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ । ४. डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ । यूट्यूबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो । तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको अर्कै तरिका छ । विन्डोज, म्याक वा लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4K) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ । १. 4K भिडियो डाउनलोडर डाउनलोड गर्नुस् । २. आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस् । ३. 4K भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?