Breaking News

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

Feb Tue 2020 05:40:47

792 views

वाईफाईबाटै बिजुली, विना ब्याट्रि मोबाइल कम्प्युटर चार्ज

अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ ।  अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ ।

वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ । यसलाई रेक्टेना नाम दिइएको छ । यसले वाईफाई सिग्नललाई अल्टरनेटिङ करेन्ट (एसी) लाई डाइरेक्ट करेन्ट (डीसी)मा बदल्न सक्छ ।

रेक्टेनाले कसरी काम गर्छ ? रेक्टेना उपकरणले वाईफाईमा रहेको इलेक्ट्रोम्याग्नेटिक वेभ्सलाई रेडियो फ्रिक्वेन्सी एन्टेनाको सहयोगमा एसी वेभ्सको रुपमा लिन सक्छ । यो दुई डाइमिन्सनल सेमिकन्डक्टरसँग जोडिएको छ । यो निकै लचिलो पनि रहेको छ । यसपछि वाईफाई दिने एसी वेभ्स सेमिकन्डक्टरमा जान्छ र डीसी भोल्टेजमा बदलिनेछ । यसको प्रयोग विद्युतीय सर्किट र ब्याट्रि चार्ज पनि गर्न सकिन्छ । अनुसन्धानकर्ताका अनुसार एसी करेन्टलाई डीसीमा बदल्न रेक्टिफायर जरुरी हुन्छ । वैज्ञानिकका अनुसार यो एन्टेनालाई मोलिब्डेनम डीसल्फाइड रेक्टिफायरबाटठ बनाइन्छ । यो निकै पातलो र लचिलो हुन्छ । यसकारण यसले निकै ठूलो क्षेत्रलाई पनि कभर गर्न सक्छ ।

लागतको ३० प्रतिशत नतिजा अनुसन्धानका अनुसार १५० माइक्रोवाटको वाईफाई सिग्नलबाट करिब ४० माइक्रोवाटको बिजुली उत्पादन हुनेछ । यति बिजुली कुनै मोबाइलको डिस्प्ले र सिलिकन चिपको लागि पर्याप्त छ । अर्थात् वाईफाई सिग्नलको लागत जति हुन्छ, त्यसको ३० प्रतिशतसम्म उत्पादन पाउन सकिन्छ ।

अनुसन्धानका अनुसार यसअघि जुन रेक्टिफाइर बनाइएको थियो, त्यो कम फ्रिक्वेन्सीमा काम गर्न सक्दैनथ्यो । इस वजहबाट यो रेक्टिफायर मोबाइल फोन र वाईफाई सिग्नलबाट निक्लने गिगाहर्ट्ज फ्रिक्वेन्सीलाई लिन र बदल्नको लागि पनि सक्षम थिएन । यद्यपि अहिले बनाइएको रेक्टिफायर निकै तीव्र छ । यसको माध्यमबाट १० गिगाहर्जसम्मको फ्रिक्वेन्सीलाई पनि बिजुलीमा बदल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?