Breaking News

होसियार, सुरक्षाको कारण गुगल प्लेस्टोरबाट हटाइएका १३ एप्स कतै तपाईको मोबाइलमा त छैनन् !

Feb Tue 2020 05:40:42

305 views

होसियार, सुरक्षाको कारण गुगल प्लेस्टोरबाट हटाइएका १३ एप्स कतै तपाईको मोबाइलमा त छैनन् !

एजेन्सी । गुगलले एण्ड्रोइड प्लेस्टोरबाट १३ वटा एप्स हटाएको छ । सेक्युरिटी रिसर्चर्सहरुले यी एप्सहरुमा केही बग पाएपछि प्लेस्टोरबाट हटाइएको हो । हटाइएका एप्सहरु मोबाइलमा अन अथोराइज्ड एप्स डाउनलोड गर्न तथा मोबाइल रुटकोमाध्यमबाट फ्याक्ट्री रिसेट गर्नमा सक्षम थिए । यसमध्ये एक एप्सको नाम Honey comb हो । हटाउनुअघि यसलाई प्लेस्टोरबाट १ मिलियन पटक डाउनलोड गरिएको थियो । सेक्युरिटी रिसर्चरहरुको दावी छ, ‘यस्ता एप्सहरु निमार्माणको पछाडि ब्रेन टेस्ट फ्यामिली म्यालवेयर बनाउने डेभलपर्सहरुको हात छ ।’

गुगलले हटाएका एप्सहरु केक ब्लास्ट, जम्प प्लानेट, क्रेजी लक, क्रेजी जेली, टिनी पजल, निन्जा हुक, पिगी जम्प, जस्ट फायर, इट बबल तथा ड्र्याग बक्स लगायत छन् ।

यी एप्सको माध्यमबाट त्यसका निर्माताहरुले मोबाइल डिभाइसमा भाइरस इन्जेक्ट गर्थे । त्यसपछि मोबाइल डाटा र रिमोर्ट एक्सेस हाँसिल गर्नमा सक्षम थिए । यदि तपाईंसँग यी मध्ये कुनै एप्स छ, भने तुरुन्तै हटाइहाल्नोस् ।

गत वर्ष एप्पल प्लेस्टोरमा पनि यस्तै साइबर एट्याक भएको थियो । त्यतिबेला एप्पलको आईओसमा Xcode Ghost नामक भाइरस पसेको थियो । सोहीकारण एप्पलले ३०० भन्दा बढी एप्स हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?