Breaking News

आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

Feb Tue 2020 05:40:40

587 views

आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना
  • सबु बस्नेत 
नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि  MAY २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो । प्रभातफेरि कार्यक्रममा सूचना प्रविधि बिभाग, क्यान महासंघ लगायतका आइसिटी कम्पनी संघ संस्था, विज्ञ एवं आइसिटी अग्रजहरुको सहभागीता रहेको थियो । प्रभातफेरि कार्यक्रम भृकुटीमण्डप, शहीदगेट, सुन्धारा, न्युरोड, जमल रत्नपार्क हुदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?