अब क्यान महासंघका हरेक गतिविधि अनलाइनमार्फत हुने
क्यान महासंघको २३ औं साधारण सभालाई स्वागत गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री सुरेन्द्र कार्कीले आइटीमा अबको युवा पुस्ता भविष्य रहेको बताए । आईसिटीको प्रयोग विना देशको विकास हुन सक्तैन, त्यसकारण आजको युवाहरुले राजनीतिलाई गाली गरेर होइन आइटीमा चमत्कार गरेर देखाउनुपर्छ सञ्चार मन्त्री कार्कीले भने । अहिले मुलुकलाई सम्बृद्धि बनाउने जिम्मा युवाको काधमा आएकोले आईसिटीलाई टुल्सको रुपमा प्रयोग गरेर अगाडी बढ्न जोड दिदै सूूचना सञ्चार मन्त्री कार्कीले क्यान महासंघको २३ औं साधारण सभाको सफलताको कामना समेत गरे ।
कम्प्युटर एशोसियशन नेपाल महासंघ क्यान महासंघ को २३ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि सञ्चार मन्त्री सुरेन्द्र कार्की रहेका थिए । महासंघका अध्यक्ष ई. विनोद ढकालको सभापतित्वमा सम्पन्न भएको २३ औं साधारण सभा कार्यक्रम बीच क्यान महासंघ कैलाली, काभ्रे , सुर्खेत, गोर्खा र झापा शाखालाई २०७२/०७३ को उत्कृष्ट जिल्ला शाखामा सम्मानित गरिएको थियो । सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा सूचनामुलक चेतनामुलक तथा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेर बापत कैलाली, काभ्रे , सुर्खेत, गोर्खा र झापा शाखालाई पुरस्कृत गरिएको हो । पुरस्कृत जिल्ला शाखा टीमलाई प्रमुख अतिथि संचार मन्त्रि सुरेन्द्र कार्कीले नगद सहित खादा र प्रशंसा पत्रद्धारा सम्मान गरेका थिए।