Breaking News

भोलीदेखि दैनिक दिनको साढे ९ घण्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

Feb Tue 2020 05:40:41

529 views

भोलीदेखि दैनिक दिनको साढे ९ घण्टासम्म लोडसेडिङ हुने (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले लोडसेडिङ्ग परिवर्तन सम्बन्धी एक सार्वजनिक सूचना जारी गरी दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो । यसरी लोडसेडिङ्ग हुँदा सातामा ५७ घण्टाभन्दा बढी विद्युत कटौती हुनेछ ।

यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा लोडसेडिङ्ग गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा सातामा १५ घण्टामात्रै लोडसेडिङ्ग भएको थियो ।

केहीदिनअघिदेखि अघोषित रुपमा लोडसेडिङ्ग बढाएको प्राधिकरणले माग भन्दा उत्पादन आधा नै कम भएकाले लोडसेडिङ्ग बढाउनुपरेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा नदीमा पानीको बहाब घटेर विजुली उत्पादनमा ह्रास आएको प्राधिरकणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए ।

वर्षाको समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन हुने आयोजनाहरुमा अहिले ५५ देखि ६० प्रतिशतमात्रै उत्पादन भइरहेको क्षेत्रीले बताए ।

लोडसेडिङको तालिका हेर्नुहोस् (तालिकालार्इ ठूलो बनाएर हेर्न तालिकामा क्लिक गर्नुहोस)

Loadseeding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?