Breaking News

क्यान कमटेक-२०१७ मेला सुरु, ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी मुख्य आकर्षण

Feb Tue 2020 05:40:31

363 views

क्यान कमटेक-२०१७ मेला सुरु, ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी  मुख्य आकर्षण

सूचना तथा प्रविधि सम्बन्धी वस्तु उत्पादन तथा सेवा बारेको जानकारी दिने मेला क्यान कमटेक – २०१७ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। क्यान महासंघको आयोजनामा भएको क्यान कमटेक – २०१७ सात दिनसम्म चल्नेछ। हाइ स्पिड इन्टरनेट मुख्य आकर्षण रहने त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ, जसअन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण रहेको छ ।

अनलाइनबाटै टिकेट किन्न सकिने कमटेक मेला आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राखी आयोजकले अनलाइन टिकेटिङको व्यवस्था गरेको छ । यसका लागि ई-सेवासँग सहकार्य गरिएको छ

विद्यार्थीलाई ५० प्रतिशत छुट सुविसुक्यान कमटेक२०१७ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । साथै कलेज तथा स्कुलकाविद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिनेछ ।

सञ्चार प्रविधिसँग सम्बन्धित प्रदर्शनी हो क्यान कमटेक-२०१७  : सुनैना घिमिरे

sunaina-andye

क्यान कमटेक, सञ्चार प्रविधि क्षेत्रमा भइरहेको पछिल्लो विकासलाई एकैथलोमा प्रदर्शनी गर्ने अवसर हो । विशेषगरी यो पटक हाइस्पिड इन्टरनेट, आइपी टिभी, सेक्युरिटी प्रडक्टहरु, सफ्टवेयर सोलुसन्स, मोबाइल एप्लिकेशन आदिमा विशेष आकर्षण रहने छ । यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभेलियनको व्यवस्था गरिएको छ । जसलाई Electronic Security तथा Safety and Solution भन्ने गरिएको छ ।

यो ब्राण्डिङ एक्जिबिसन हो, जहाँ व्यापारी वा सेवाप्रदायकले आफ्ना उपभोक्तासँग सिधै आफ्नो वस्तु र सेवाको प्रवद्र्धन गर्न सक्छन् । यसले मुख्य गरी आइसिटीको प्रयोग र पहुँचलाई बढावा दिने अपेक्षा गरेकी छु् । हामी ई–नेपालको सपना साकार पार्न लागिपरेका छौं ।

अवलोकनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्तिहरु, उद्योगीहरु, नीतिनिर्माताहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा यस क्षेत्रलाई माया गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, स्कुलकलेजहरु तथा अन्य निजी क्षेत्रमा कार्य गरिरहनु हुने जिज्ञासु व्यक्तिहरु तथा विभिन्न कुटनितीक नियोगका प्रतिनिधिहरुसमेतबाट प्रदर्शनीको अवलोकन हुने हामीले अपेक्षा लिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?