Breaking News

पछिल्लो अपडेट - नेपालमा फेसबुक बन्द गर्ने, कारण यस्तो छ

Feb Tue 2020 05:40:33

508 views

पछिल्लो अपडेट - नेपालमा फेसबुक बन्द गर्ने, कारण यस्तो छ
कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने भएको छ। जनताको कामभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो। पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै प्रदेशभरिका सरकारी कार्यालयमा कार्यान्वयन गरिने जानकारी दिए। उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरूमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए। ‘कर्मचारीले फेसबुक चलाउने समय जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन् भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ।’ कार्यालय समयभित्र फेसबुक बन्द गर्ने कार्यमा सहयोग गरिने वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले बताए। उनका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रूपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ। पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरूमा बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने पंगालीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?