Breaking News

होचिमिन्हको भियतनामः यस्तो प्रेरक जीवन कहानी (फोटोसहित)

Feb Tue 2020 05:40:43

1609 views

होचिमिन्हको भियतनामः यस्तो प्रेरक जीवन कहानी (फोटोसहित)

HoChiMinh-750

होचिमिन्हको वास्तविक नाम गुयेन जैसे थान हो । उनको जन्म १९ मई १८९० मा भियतनामको किम्लीयन भन्ने गाउँमा भएको थियो । उनको बुवा सरकारी जागिरे थिए । फ्रेन्च उपनिवेशको विरोध गर्दै उनको बुवाले राजीनाम दिएका थिए ।

बुवाको राजीनामपछि होचिमिन्हको परिवार केही कष्टप्रद ढंगले गुज्रन थाले । होचिमिन्ह स्थानिय स्कुलमा भर्ना भई पढ्न जान त थाले तर पढाईलाई पुरा गर्न पाएनन् । सन् १९११ मा उनी जहाजमा कुकको काम गर्न पुगे । त्यहाँ काम गर्दागर्दै उनी लन्डन र पेरिस पुगे ।

प्रथम विश्वयुद्धपछि होचिमिन्ह आफ्नो छद्म नाम ‘गुयेन ऐ क्वेक’ राखेर फ्रान्सेली कम्युनिस्ट पार्टीमा सहभागी हुन थाले । त्यही उनी संस्थापक सदस्यसमेत भए । त्यहाँ सक्रिय रहँदा रहँदै उनलाई सन् १९२४ मा प्रशिक्षणका लागि मस्को बोलाईयो । त्यसबेला यता चीनमा जनयुद्धको भिषण तयारी भइरहेको थियो । उनलाई प्रशिक्षणका साथ साथै चीन, रुस र भियतनाम बीचको क्रान्तिकारी आन्दोलन सङ्गठित बनाउनका लागिसमेत मस्को पठाइएको थियो ।

सोभियत यूनियनका बालबालिकाहरुसँग होचिमिन्ह

                                           सोभियत यूनियनका बालबालिकाहरुसँग होचिमिन्ह

उनी चीन आईपुग्दा उनको सुरक्षा खतरा बढ्यो । चीनका शासकले उनलाई खोज्न थाले । १९२७ मा चीनमा जनयुद्ध सुरु भएपछि उनी पनि त्यही सहभागी भए । त्यसपछि उनी क्रान्तिकारी कम्युनिष्ट गतिविधि सञ्चालन गर्दै सन् १९३० मा हङ्कङ् आईपुगे । त्यहाँ उनी केही समय बसे ।

हङ्कङ बस्दा बस्दै उनलाई ब्रिटिस पुलिसले १९३१ मा पक्राउ गरि १९३३ सम्म जेलमा राख्यो । जेलबाट छुटेपछि होचिमिन्ह फेरी कम्युनिस्ट गतिविधि सञ्चालन गर्न थाले । जेलबाट छुटे लगत्तै उनी शोभियत युनियन तर्फ लागे । शोभियत युनियन पुग्ने वित्तिकै उनलाई क्षयरोग लाग्यो । त्यही रोगका कारण उनी त्यहाँ निकै समय रोकिनु प¥यो । क्षयरोग निको भएपछि उनी १९३८ मा पुनः चीन फर्के र चीनी कम्युनिस्ट पार्टीका सल्लाहकार भएर त्यहाँको जनयुद्धलाई सहयोग गरे ।

कमरेड माओसँग होचिमिन्ह

                                                      कमरेड माओसँग होचिमिन्ह

सशस्त्र क्रान्तिको दौरानमा माओसँगै रहेर काम गर्दै गर्दा जब १९४१ मा आफ्नो मातृभूमिलाई जापानीहरुले कब्जामा लिएको खबर सुने त्यसपछि उनी भियतनाम गएर जापानी साम्राज्यवादीहरुको विरुद्ध लड्ने साँेचमा पुगे ।

उनी भियतनामलाई स्वतन्त्र गराउन भित्रभित्रै गतिविधिहरु सञ्चालन गर्न थाले । जापानको साम्राज्यवादी आक्रमणलाई रोकी एक स्वतन्त्र देश भियतनाम बनाउन अग्रणी भूमिका निर्वाह गरे । हिरोसिमा र नागासाकीमा लाखौंका ज्यान गएपछि अगष्ट १९४५ मा जब जापानले आत्मसमर्पण ग¥यो त्यसपछि रोकियो जापानको आक्रमण । भियतनाम स्वतन्त्र भयो । जसको राष्ट्रपति होचिमिन्ह बने ।

भियतनामको राष्ट्रपतिका रुपमा होचिमिन्ह

                                                      भियतनामको राष्ट्रपतिका रुपमा होचिमिन्ह

जापानीबाट त मुक्त भयो भियतनाम तर फ्रान्सको उपनिवेशबाट भने भियतनाम पूर्ण रुपमा स्वतन्त्र भएन । फ्रान्सले भियतनामलाई कुनैपछि हालतमा स्वतन्त्र हुन दिएन । अन्ततः फ्रान्सले १९४६ मा युद्धको घोषणा ग¥यो ।

अब होचिमिन्हको सामु देश बचाउने अर्को चुनौती खडा भयो । ८ वर्षसम्म घमासान युद्ध भयो । होचिमिन्हले सम्पूर्ण नागरिकलाई गुरिल्ला बनाए । उनले भियतनामको जंगल र पहाडहरुमा चीन र शोभियत युनियनमा सिकेका युद्धकलाको प्रयोग गरे । सुरुङ युद्ध शुरु गरे । जापानले आक्रमण गरि थिलो थिलो भएको भियतनामीहरु देश स्वतन्त्र बनाउ ज्यानको प्रवाह नगरी लडिरहे । अन्ततः आठ वर्ष चलेको युद्धमा भियतनामी गुरिल्लाहरुले शक्तिशाली फ्रान्सलाई धुलो चटाई छाडे । १९५४ मा युद्ध रोकियो । जेनेभामा सन्धि गर्न फ्रान्स बाध्य भयो ।

युद्धको अवस्थामा होचिमिन्ह

                                                          युद्धको अवस्थामा होचिमिन्ह

युद्धको अवस्थामा बनाईएको सुरुङ

                                                                युद्धको अवस्थामा बनाईएको सुरुङ

दुश्मनबाट आतंकित भएका बालबालिकाहरु

                                               दुश्मनबाट आतंकित भएका बालबालिकाहरु

तर भियतनाम भने टुत्रियो । उत्तरी भियतनाम र दक्षिणी भियतनाम भनेर टुक्रियो । दक्षिणी भियतनाममा भने होचिमिन्हले कम्युनिस्ट शासन सञ्चालन गर्न थाले । १९६० मा पुग्दा दक्षिण भियतनामबाट फेरी अर्को क्रान्ति शुरु भयो । होचिमिन्ह र अमेरिका समर्थित सरकारको विचमा अर्को विद्रोह सुरु भयो । अन्ततः १९७५ मा कम्युनिस्टहरुले जीत हासिल गरिछाडे ।

३ सेप्टेम्बर १९६९ मा होचिमिन्हको निधन भयो । उनको सम्मानमा दक्षिण भियतनामको एक शहरलाई ‘होचिमिन्ह सिटी’ भनेर नामाकरण गरियो ।

होचिमिन्ह शहर

                                                                       होचिमिन्ह शहर

होचिमिन्ह शहर

                                                                             होचिमिन्ह शहर

होचिमिन्हलाई भियतनामको एक महान कम्युनिस्ट संस्थापक नेता तथा स्वतन्त्रता र राष्ट्रियताका लागि लड्ने वीर पुरुषका रुपमा आज पनि भियतनामीहरुले सम्झन्छन् । उनको सरलता, इमान्दरिता र एक निष्ठावान प्रतिमुर्तिकारुपमा भियतनाममा मात्र होइन पुरै संसार भरी नै व्यापक प्रशंसा भएको पाइन्छ । उनको नाम एक कम्युनिस्ट आर्दश व्यक्तित्वका रुपमा संसारभरका कम्युनिस्टहरुले लिने गर्दछन् ।

होचिमिन्हको सम्मानमा बनाईएको पार्क

                                     होचिमिन्हको सम्मानमा बनाईएको पार्क

होचिमिन्हको शालिक

                                                            होचिमिन्हको शालिक

सामान्य जनताका रुपमा काम गर्दै होचिमिन्ह

                                                     सामान्य जनताका रुपमा काम गर्दै होचिमिन्ह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?