Breaking News

गर्भनर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सयको नोटको विशेषता यस्तो

Feb Tue 2020 05:40:46

210 views

गर्भनर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सयको नोटको विशेषता यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गर्भनर डा. चिरञ्जीवी नेपालले हस्ताक्षर नोट पहिलो पटक बजारमा ल्याएको छ । पहिलाकै आकार, प्रकार र रङमा सय रुपैयाँको नयाँ नोट बजारमा आएको छ । संकेत नम्बर ए/८ ०००००१ देखि ओ/१७ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामुलक वाक्यांशसहित नयाँ नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटका विशेषताहरु नोटको अग्रभागमा

१. बायाँतर्फ सगरमाथाको चित्र रहेको । २. मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा रहेको ३. अशोक स्तम्भको चित्र साथै लुम्बिनी दी बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको । ४. अशोक स्तम्भसँगै दृष्टि विहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको । ५. अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको । ६. दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको । ७. २ मिमी चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको । ८. तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्ताखत रहेको । ९. नोटको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०७२ लेखिएको ।

नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको । २. नोटको मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको । ३.नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको ४. नोटको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०१५ ए.डी. लेखिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?