Breaking News

सरकारले बिहान ११ देखि साढे २ बजेसम्म निःशुल्क यातायात चलाउने (रुट सहित)

Feb Tue 2020 05:40:54

390 views

सरकारले बिहान ११ देखि साढे २ बजेसम्म निःशुल्क यातायात चलाउने (रुट सहित)

 सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि नि:शुल्क रूपमा सञ्चालन गर्ने भएको छ । चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी तथा सर्वसाधारण बोक्ने कार्यमा समेत प्रयोग गर्न लागेको जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले चारवटा गाडी बिरामी तथा सर्वसाधारण बोक्न प्रयोग गरिने जानकारी दिए ।

APF_help_dissable_person_on_bus_india_blockade_nepali_border apf bus

प्रवक्ता पौडेलले जनताका लागि सञ्चालन गर्न लागिएको नि:शुल्क बस सेवाको सदुपयोग गर्न बिरामी तथा सर्वसाधारण जनतालाई आह्वान गरेको नयाँ पत्रिकामा खबर छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार सुरुमा चारवटा गाडी बिरामी बोक्न प्रयोग गरिने भएको छ । पछि यो संख्या बढाइने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका दुईवटा र गृह मन्त्रालयका दुईवटा बस सर्वसाधारणका लागि सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले नि:शुल्क सञ्चालन हुने बसहरूको रुटसमेत तय गरेको छ ।

यस्तो छ रुट रुट नं १: पाटन अस्पतालबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर क्यान्सर अस्पताल हुँदै पुन: पाटन अस्पताल रुट नं. २: प्रसूतिगृह, वीर अस्पताल हुँदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म पुगेर पुन: प्रसूतिगृह फर्कने रुट नं. ३: सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर पुन: सिंहदरबार फर्कने रुट नं. ४: निजामती अस्पतालबाट सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकी पुगेर पुन: सोही रुट निजामती अस्पताल फर्कने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?