Breaking News

आयो विद्युतीय इन्डक्सन चुलो अब ग्याँस चाहिदैन सहजै खाना पाक्छ

Feb Tue 2020 05:40:28

771 views

आयो विद्युतीय इन्डक्सन चुलो अब ग्याँस चाहिदैन सहजै खाना पाक्छ

बजारमा खाना पकाउने ग्यासको अभाव भएसँगै खाना पकाउनका लागि विकल्पका रुपमा रहेको विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग अत्यधिक बढेको व्यापारीले बताएका छन् ।

विगतका वर्षमा दैनिक एक÷दुईवटा मात्र बिक्री हुँदै आएकामा अहिले ग्यासको अभाव भएसँगै दैनिक २० देखि २५ वटासम्म इन्डक्सन चुलोको बिक्री हुने गरेको कलङ्कीमा सात वर्षदेखि भाडा पसल गर्दै आउनुभएको विष्णु श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार चुलोको माग बढेसँगै गत वर्षको तुलनामा मूल्य पनि धेरेले नै बढेको छ । गत वर्षमा एउटा चुलोको मूल्य रु तीनदेखि चार हजारसम्म मात्र रहेको थियो भने यस वर्ष ग्यासको अभावका कारण यसको माग बढेकाले चुलोको क्षमताअनुसार रु छ देखि ११ हजारसम्ममा किनबेच भइरहेको सोही स्थानका अर्का व्यापारी सोमनाथ अर्यालले बताउनुभयो ।

बत्ती भएको समयमा यस चुलोमा खानाको विभिन्न परिकार पकाउन छिटो र सजिलै गर्न सकिने भएकाले यस चुलोप्रति मानिसको आकर्षण बढेको हो । डेढ महिनादेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा अहिले इन्धन र ग्यासको निकै समस्या भएको छ ।

यस्तै समस्याले गर्दा बजारका भान्सामा प्रयोग हुने विद्युतीय सामानको माग बढेको हो । ग्यास अभावले गर्दा अहिले बजारमा इन्डक्सन चुलोको मात्र नभई खाना पकाउने राइस कुकर, पानी तताउने विद्युतीय कित्ली, हिटरलगायत सामानको पनि मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?