Breaking News

फेसबुक ह्याक, पाँच करोड फेसबुक एकाउन्ट ह्याकरको कब्जामा

Feb Wed 2020 02:40:45

911 views

फेसबुक ह्याक, पाँच करोड फेसबुक एकाउन्ट ह्याकरको कब्जामा

सामाजिक सञ्जाल कम्पनी फेसबुकका पाँच करोड खाताहरु ह्याक भएको छ। फेसबुकका प्रमुख मार्क जुकरवर्ग र को सेर्ल स्याण्डवर्गसहितको खाताहरु ह्याक भएको हो।

सामाजिक सञ्जालले दिएको जानकारी अनुसार ह्याकरहरुले ‘भ्यु एस’फिचर्समा आक्रमण गरेका हुन्। यो फिचर्सको सहायताले कुनै दोस्रो व्यक्ति बनेर आफ्नो प्रोफाइल हेर्न सकिन्छ। यो फिचर्सको प्रयोग गरी उनीहरुले केही मात्रामा निजी म्यासेज, फोटो र पोस्टहरुमा केही मात्रामा अधिकार हासिल गर्न उनीहरुलाई सहयोग पुगेको बताइएको छ।

ह्याकरहरुले प्रयोगकर्ताहरुको नाम, लिङ्ग र घरको ठेगानालगायतका निजी सूचनाहरु लिने प्रयोस गरेको बताइएको छ। सामाजिक सञ्जालले अहिलेसम्म कुनै पनि सूचनाहरुको गलत प्रयोग गरिएको विवरण भने थाहा नभएको बताएको छ। कम्पनीका प्रमुख जुकरवर्गले प्रयोगकर्ताहरुको पासवर्ड र क्रेडिट कार्डको विवरणहरु भने कसैको हात नपरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?