६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड
Feb Wed 2020 02:40:19
1249 views
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ ।
महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा सूचनाको अभावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको बताउनुभयो ।
नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रहरी कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि गर्न व्यावसायिक निष्ठा, पारदर्शिता एवं ईमान्दारिताका साथ आफ्नोे जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
समारोहमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा। राजिव सुब्बाले स्वागत मन्तव्य तथा नेपाल प्रहरीको संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार एप्लीकेशनहरुको बारेमा प्रहरी निरीक्षक ई. अरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभएको थियो । यसैगरी कार्यक्रमको अवसरमा संचार उपयोगी केहि एप्लिकेशनहरु सार्बजनिक गरिएको संचार निर्देशनालय प्रमुख डा. राजिब सुब्बाले जानकारी दिनुभयो ।