Breaking News

होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ

Feb Tue 2020 05:40:25

1106 views

होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ
तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो । मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन् । यसरी भाइरल बनेको यो एप्सले प्रयोगकर्ताहरुलाई भने जोखिमको मुखमा पुर्याइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् । उनीहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफेसियल इन्टेलिजेन्समार्फ बुढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आईपी एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कतिपटक प्रयोग गरियो भन्नेसमेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धि शर्तहरुमा प्रयोगकर्ताहरुको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ । यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो । केही विश्लेषकहरुले यो एप्स प्रयोग नर्गनसमेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?