Breaking News

सवाल ! डिजिटल पहुँच र सुरक्षित साइबर स्पेसको

Feb Wed 2020 02:40:57

1220 views

सवाल ! डिजिटल पहुँच र सुरक्षित साइबर स्पेसको

उपभोक्ताको अधिकार  समान पहुँच र समान अवसर

उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचनाको सचेतना बारेको एकदिने छलफल तथा गोष्ठी सुचना र संचार प्रविधि समाज, नेपाल (एस.आई.सिटि, नेपाल )  र सेवा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको छ । उक्त कार्यक्रमका सुचना प्रविधि विभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादव सहित आईटीविज्ञ, लेक्चरर, प्रफेसर, उद्योगकर्मी, कानुनव्यवसायि वकिल, विद्यार्थी,सरकारी कर्मचारीको उपस्थिति रहेको थियो । पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं सेवा नेपालका सल्लाहकार गणेश शाहले डिजिटल पहुँचका रहदै गर्दा उपभोक्ताहरु आफ्नो अधिकारप्रति अनभिज्ञ रहन नहुने बताउँदै सो को लागि यस्ता जानकारीमुलक छलफल कार्यक्रमहरुलाई वृहत रुपमा सञ्चालनमा गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा वर्तमान अवस्थामा साइबर ल, डिजिटल कन्सुमर ऐन जस्ता नियम कानुनको बारेमा सूचना प्रविधिको बस्तु तथा सेवाहरु लिने उपभोक्ताहरु जानकार रहनुपर्र्ने जसका लागि उपभोक्ताहरुको गापनीयता इन्फोरमेशन सुरक्षित राख्ने विधि, बैंकहरुको सुरक्षाअवस्था र सेवाग्राहीलेअपनाउनुपर्ने सावधानी, इनटरनेट सेवाप्रदायक संगग्राहकको सहकार्य जस्ता गहन विषयमा व्यापक छलफल गरिएको थियो । डिजिटल कन्जुमर अधिकारको कार्यपत्र एस।आई। सिटिका महासचिव सुभाष खड्काले प्रस्तुत गरेका थिए,  साथै सुरक्षित साइबर स्पेस र सुरक्षाकोआवश्यकता विषयको कार्यपत्र सहित उत्थान एनपिनगका उपाध्यक्ष रामकृष्ण परियारले गरेकाथिए । [embedyt] https://www.youtube.com/watch?v=wEhtJqRGA3s[/embedyt] कार्यक्रममा सूचना प्रविधि बिभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादवले, सुचना प्रविधि विभागले अहिले रहेको कानुनको सीमाभित्र बसेर प्रविधिको उच्चतम प्रयोग गर्ने गरी विभिन्न कार्यहरु गर्दै आएको र डिजिटल कन्सुमर अधिकार जस्ता विषय कानुनले नै सुरक्षित गर्न सक्ने बताउदै, डिजिटल कन्सुमर अधिकार या अन्य सुचना प्रविधिसंग सम्बन्धित कार्य तथा कार्यक्रमहरुमा सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?