फेसबुकले 'डेटिङ' सुरू, १८ वर्षभन्दा बढी उमेरकाले चलाउन सक्ने
Feb Wed 2020 02:40:57
1373 views
फेसबुकले ‘डेटिङ’ एप ल्याएको छ। फेसबुक डेटिङ अब अमेरिका लगायत २० देशमा उपलब्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा हाल उपलब्ध यो एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले जनाएको छ।
यो एप १८ वर्षभन्दा बढी उमेरकाहरूले मात्र चलाउन सक्नेछन्।
‘डेटिङ’ साथी खोजिरहेकाहरूका लागि यो एप लक्षित गरिएको हो।
फेसबुकका अनुसार यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी सुझाउनेछ।
फेसबुक मोबाइल एपकै अर्को ट्याब खुल्ने यो एपमा फेसबुककै जस्तो तर अलग्गै प्रोफाइल बनाउन सकिन्छ। यसमा फेसबुकका साथीहरू देखिँदैनन्। तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न सकिनेछ। दुवै जनाले एकअर्कालाई मनपराएको भए, यसको जानकारी दिन नोटिफिकेसन पनि आउनेछ।