Breaking News

सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

Feb Tue 2020 05:40:38

381 views

सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

जसलाई गुडाउनु पर्दैन, अनुहार चिनेर आफैं गुड्छ

चिनियाा रोबोटिक्स कम्पनीलेआर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको छ । रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ्याउन सक्दछ । यसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ । यसले आइडेन्टिफिकेसन तथा ट्रयाकिङ्ग एल्गोरिदमको प्रयोग गरी मानिससँगै गुड्छ । योसँगै एउटा यस्तो ब्रासलेट पनि छ, जसले यसमा हुने गडबडी तथा सुटकेसले बाटो बिराएको अवस्थामा सूचित गर्दछ । यसमा एक ब्याट्री पनि हुन्छ जसलाई मोबाइल चार्जिङका लागि समेत प्रयोग गर्न सकिन्छ । यदि तपाईंले गल्तीले आफ्नो सुटकेस कतै छाड्नुभयो भने पनि सूटकेसले तपाईंलाई भुल्नेछैन र पछि पछि हिड्नेछ । आफूसँगै यसलाई हिडाउनका लागि कुनै बटन दबाउनु पर्दैन तपाईंको अनुहार तथा चाललाई पहिचान गरी पछि पछि गुड्दछ । यो सुटकेस अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?