Breaking News

नेपाली वैज्ञानिक म्याग्दीका भवीन्द्र कुँवर जसले ग्यालिलिओको सपना पूरा गरे

Feb Tue 2020 05:40:10

619 views

नेपाली वैज्ञानिक म्याग्दीका भवीन्द्र कुँवर जसले ग्यालिलिओको सपना पूरा गरे

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवरले महान् वैज्ञानिक ग्यालिलियोको अधुरो सपनालाई पूर्णता दिलाएक छन् ।

ग्यालिलियोले भौतिकशास्त्रका क्षेत्रमा परीक्षण शुरु गरेको अनुसन्धानलाई न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनकालमा धेरै प्रयास गरे पनि त्यसले उपलब्धि हासिल गर्न सकेको थिएन । वैज्ञानिक भवीन्द्र कुँवरले परीक्षण र प्रवचनका शृङ्खलापछि सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गरेका थिए ।

खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दसकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ हुनुहुन्थ्यो । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गर्नुभएको थियो । ‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दसकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गर्नुभएको थियो । उहाँले गरेको उक्त परीक्षणलाई भौतिकशास्त्रीले विशेष महìवका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्स अन्तर्गत राखी अध्ययन अध्यापन गराइन्छ ।

ग्यालिलियोको सूत्र अनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिण्डको सन्दर्भ नउठाइए पनि उहाँको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराउनुभएको र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए ।

bhabindra-kuwar-3

खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गर्नुभएको छ । उहाँको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ–पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरिक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?

यस सबालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चार सय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिनुभएको छ ।

विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाऊ मान निकाल्ने गरिएको थियो तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दूरीका पदसङ्ख्या, दूरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् । वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्ने÷पढाउने गरिन्छ– कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पर्नुभयो । विस्थापनको सूत्रको प्रयास थालिएको ४३२ वर्ष बितिसक्दा पनि भौतिकशास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा आठ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन– कुँवरले बताउनुभयो । अझै पनि १० लाई आठ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाऊ अध्ययन अध्यापनको इतिहास अझ लम्बिनेछ ।

विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उहाँ हैरान हुनुभएको थियो । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इञ्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थल्नुभयो । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको २०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ । जम्माजम्मी ७१८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उहाँले एकाइ समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गर्नुभएको छ । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उहाँले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाउनुभएको थियो ।

समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुग्नुभएको छ । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ ।

भौतिकशास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?